• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ६. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ७. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ८. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ९. चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते

  • १०. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

भोटेकोशी बाढी : एघार हजारभन्दा बढीको उद्धार

  •   मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित

काठमाडौँ, भदौ १६ गते । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी हिमबाढीपछि प्रभावित तथा जोखिममा परेका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ११ हजारभन्दा बढी नागरिकको उद्धार गरिएको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार नेपाली सेनाले हवाई तथा स्थल माध्यमबाट जोखिममा परेका नागरिकको उद्धार गरिरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि प्रभावित क्षेत्रमा स्थलमार्गबाट खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन् ।

उद्धार तथा खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २२ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । जोखिमपूर्ण स्थानमा रहेका नागरिकलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्नुका साथै बेपत्ता भएकाको खोजीलाई पनि प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रमा पनि खोज तथा उद्धार कार्य जारी छ ।  आयोजनाबाट हालसम्म २५४ जनाको उद्धार गरिएको छ । आयोजनाको सुरुङभित्र फसेका वा बेपत्ता भएकाको खोजीका लागि नेपाली सेनासहित कोरियाली र चिनियाँ विशेषज्ञ टोली परिचालित छन् ।

सुरुङभित्रको अवस्था जोखिमपूर्ण र प्राविधिक रूपमा चुनौतीपूर्ण रहेकाले उपलब्ध प्रविधि तथा विशेषज्ञताको प्रयोग गरी उद्धार प्रयास भइरहेको प्राधिकरणले जनाएको छ । सुरुङमा रहेका व्यक्तिको अवस्थाबारे यकिन गर्न खोजी कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

हालसम्म ९३९ शव फेला

प्राधिकरणका अनुसार बाढी तथा पहिरोमा परी हालसम्म ९३९ शव फेला परेका छन् । सबैभन्दा बढी चितवनमा २७९ शव फेला परेका छन् । यस्तै पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १६९, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ शव फेला परेका हुन् ।

बाढी तथा पहिरोमा परी अझै तीन हजार ९२५ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । सम्पर्कविहीनको खोजीका लागि सुरक्षाकर्मी तथा उद्धार टोली विभिन्न प्रभावित क्षेत्रमा परिचालन भइरहेका छन् ।

बाढीमा परी २७९ जना घाइते भएका र १६८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको जनाइएको छ । प्रभावित क्षेत्रमा नेपाली सेनाले दुई हजार ७०० जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको प्राधिकरणले जनाएको छ । उद्धार गरिएका मध्ये २५३ जना विदेशी नागरिक रहेका छन् । जोखिमपूर्ण स्थानमा रहेका नागरिकलाई हेलिकोप्टर तथा अन्य हवाई साधनमार्फत सुरक्षित स्थानमा ल्याउने कार्य जारी छ ।

राहत र पुनस्र्थापनामा जोड

खोज तथा उद्धारसँगै प्रभावित क्षेत्रमा राहत तथा स्वास्थ्य सेवा विस्तार गरिएको छ । अस्पतालबाट डिस्चार्ज भएका तथा थप उपचार आवश्यक पर्ने व्यक्तिको विवरण सङ्कलन भइरहेको छ भने नेपाली सेनासहित सम्बन्धित निकायले स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छन् ।

सरकारले प्रभावित जिल्लामा तत्काल राहतका लागि रसुवा र गोरखामा एक/एक करोड रुपियाँ तथा धादिङमा ४० लाख रुपियाँ उपलब्ध गराएको छ । प्रभावित १५ स्थानीय तहलाई छ करोड ७५ लाख रुपियाँ राहत उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ । खाद्यान्न तथा गैरखाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन ३७ ट्रक र ३७ बोलेरो परिचालन गरिएको छ । उद्धार तथा राहत कार्यमा इन्धन अभाव हुन नदिन डिजेल, पेट्रोल र हवाई इन्धनको मौज्दात व्यवस्थापनसमेत गरिएको छ ।

बाढीका कारण क्षतिग्रस्त विद्युत् तथा सञ्चार संरचनाको पुनस्र्थापनाको काम पनि अगाडि बढाइएको छ । कतिपय क्षेत्रमा सञ्चार तथा विद्युत् सेवा अवरुद्ध रहेकाले सम्बन्धित निकायबिच समन्वय गरी सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । बाढीमा ज्यान गुमाएका तथा फेला परेका शवको पहिचान र व्यवस्थापनको काम निर्धारित प्रक्रिया अनुसार बढाइएको प्राधिकरणले जनाएको छ ।

मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित
पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    विपना थापा र वर्षा राउतको अभिनय रहने

  • ६.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

भर्खरै

  • १.
    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  • २.
    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  • ३.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • ४.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ५.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ६.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ७.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

  • ८.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.