• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ६. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ७. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ८. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ९. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • १०. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

भारतसम्म पुग्यो शव

  •   बुधबार, भदौ १७, २०८३ मा प्रकाशित

पश्चिम नवलपरासी, भदौ १७ गते । चीनको तिब्बतबाट सुरु भएर नेपालको पहाडी क्षेत्रमा वितण्डा मच्चाएको बाढीमा परेर मृत्यु भएकाको शव भारतसमेत पुगेको पाइएको छ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी मृत्यु भएकाको शव नारायणी नदीमा बग्दै भारतसम्म पुगेपछि नेपाल र भारतका सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा खोजी तीव्र पारेका छन् ।

भारतीय क्षेत्रमा फेला परेका शव नेपाल ल्याउने क्रम पनि सुरु भएको छ । पछिल्ला तीन दिनमा भारतका विभिन्न स्थानमा फेला परेका नौ वटा शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भदौ १४ गते चार, १५ गते एक र १६ गते चार गरी नौ वटा शव महेशपुर भन्सार नाकाबाट नेपाल ल्याइएको हो । भारतीय सुरक्षा निकायले फेला पारेका शव इलाका प्रहरी कार्यालय महेशपुरमार्फत नेपाल ल्याएर पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन थापाका अनुसार भारतको महाराजगन्ज र पश्चिम चम्पारण जिल्लाका सुरक्षा निकायसँग समन्वय गरी भारतीय भूभागमा खोजी तथा निगरानी बढाइएको छ ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सीमावर्ती भारतीय जिल्लाका जिल्ला अधिकारी (डिएम) तथा सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो । उहाँका अनुसार भारतीय क्षेत्रमा फेला परेका शवलाई सीमासम्म ल्याउने र नेपालले बुझेर आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने गरिएको छ । “सुस्ताक्षेत्रमा धेरै शव भेटिन थालेपछि भारततर्फ पनि खोजीका लागि समन्वय गरेका छौँ,” उहाँले भन्नुभयो, “भारतीय सुरक्षा निकायले उतै खोजी गरी सीमासम्म ल्याउने र हामीले बुझेर शव व्यवस्थापन गरिरहेका छौँ ।”

नारायणी नदीको बहाबसँगै बाढीमा बगेका शव गण्डक बाँधक्षेत्रबाट करिब एक सय किलोमिटर टाढासम्म पुगेका छन् । मङ्गलबार भारतीय सुरक्षा निकायले नेपाललाई बुझाएका चार शव उत्तर प्रदेशको कुशीनगरमा फेला परेका थिए । यसअघि फेला परेका अन्य शव भने महाराजगन्ज जिल्लाका नदी किनारमा भेटिएका थिए । पश्चिम नवलपरासीमा मात्रै मङ्गलबारसम्म १८० वटा शव फेला परिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तीमध्ये ९८ शवबाट डिएनए नमुना सङ्कलन गरी व्यवस्थापन गरिएको छ । पहिचानका लागि बाँकी शवबाट समेत नमुना सङ्कलन गर्ने काम भइरहेको छ । फेला परेका शवको पहिचान तथा व्यवस्थापनका लागि सुनवल र बर्दघाट क्षेत्रका सामुदायिक वनमा व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ तर ठुलो सङ्ख्यामा शव फेला परेपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।

शव व्यवस्थापनमा ढिलाइ हुँदा परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा दुर्गन्ध फैलिएको छ । अस्पतालपरिसर हुँदै आसपासका बजारक्षेत्रमा समेत दुर्गन्ध फैलिन थालेपछि शवबाट नमुना सङ्कलन तथा व्यवस्थापनलाई तीव्र पारिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वृजकुमार यादवले बताउनुभयो ।

उहाँका अनुसार अस्पतालमा राखिएका शवको अवस्था र दुर्गन्धका कारण अस्पतालको नियमित सेवा प्रभावित हुन सक्ने जोखिमसमेत देखिएको छ । नमुना सङ्कलन र शव व्यवस्थापनका लागि थप जनशक्ति परिचालन गरिएको छ । रसुवालगायत उत्तरी क्षेत्रमा आएको बाढीमा परी ठुलो सङ्ख्यामा नागरिक बेपत्ता भएपछि त्रिशूली हुँदै नारायणी नदीसम्म शव बगेर आएका हुन् । नेपालमा फेला नपरेका शव नदीको बहाबसँगै भारतसम्म पुगेको हुन सक्ने भएकाले सीमावर्ती क्षेत्रमा दुवै देशका सुरक्षा निकायले संयुक्त समन्वयमा खोजी गरिरहेका छन् ।

बुधबार, भदौ १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित
पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    विपना थापा र वर्षा राउतको अभिनय रहने

  • ६.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

भर्खरै

  • १.
    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  • २.
    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  • ३.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • ४.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ५.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ६.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ७.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

  • ८.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.