• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ६. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ७. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ८. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ९. चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते

  • १०. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

कृष्णभिरमा डाइभर्सन खोल्ने प्रक्रिया सुरु

  •   शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित

मुग्लिन, भदौ १९ गते । पृथ्वी राजमार्ग नै भासिएर अवरुद्ध बनेको कृष्णभिरमा डाइभर्सन निर्माणका लागि भिर कटानको प्रक्रिया सुरु भएको छ । प्राविधिक तथा विज्ञहरूको सुझाव र प्रतिवेदनका आधारमा डाइभर्सन निर्माणका लागि प्रक्रिया सुरु गरिएको सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले जानकारी दिनुभयो ।

“डाइभर्सन खोल्ने प्रक्रियाअनुसार अहिले सडकसँगै रहेको भित्ता काट्नुअघि सरसफाइको काम सकिएको छ,” उहाँले भन्नुभयो, “सरसफाइ र झाडी फाल्ने काम सकिएपछि अब डाइभर्सन कसरी निर्माण गर्ने भन्ने सम्बन्धमा विज्ञहरूको डिजाइन आइसकेको छ । सोहीअनुसार फिल्डमा काम हुनेछ ।”

भिर कटानका लागि पृथ्वी राजमार्ग मुग्लिन–मलेखु निर्माण आयोजनालाई जिम्मेवारी दिइएको छ । आयोजनाका इन्जिनियर धीरज ढकालले भिर कटानका लागि काम सुरु भएको जानकारी दिनुभयो ।

“भिरको कटान हामी दुवैतर्फबाट गर्दै छौँ । त्यसका लागि दुवैतर्फ एक–एकवटा स्काभेटर परिचालन गरिनेछ,” उहाँले भन्नुभयो । भिर कटान गर्नुअघि अहिले साना बुट्यान र रूखहरू हटाउने काम गरिएको उहाँले बताउनुभयो ।

भिर कटानका लागि १५ जना विज्ञ तथा प्राविधिक र ६० जना कामदार उपकरणसहित राजमार्गमा परिचालन भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

कृष्णभिरमा डाइभर्सन खोल्ने सम्बन्धमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको नेतृत्वमा सडक विभागका महानिर्देशक विजय जैसीसहित विज्ञहरूको बैठक मङ्गलबार बसेको थियो । बैठकले कृष्णभिरको कटानबाट आगामी दिनमा हुन सक्ने थप जोखिमको मूल्याङ्कन गर्दै बाध्यात्मक अवस्थामा अल्पकालीन रूपमा राजमार्ग सञ्चालनमा ल्याउन भिर कटान गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

बैठकले जियोटेक्निकल सोसाइटीलाई जोखिम कम हुने गरी भिर कटानका लागि प्राविधिक डिजाइन तयार गर्न निर्देशन दिएको थियो । सोसाइटीकी महासचिव कल्पना अधिकारीले सोसाइटीले डिजाइन तयार गरी उपलब्ध गराएको बताउनुभयो ।

“कृष्णभिरको कटान जटिल र गम्भीर विषय हो । तर डाइभर्सन नखोली पनि भएको छैन,” उहाँले भन्नुभयो, “भिर कटान गर्दा प्राविधिक रूपमा कम क्षति होस् भन्नेमा विशेष सतर्कता अपनाइएको छ ।”

“राजमार्गसँगै सकेसम्म दुई लेन, नभए एक लेन कटानका लागि प्राविधिक रूपमा सिफारिस गरिएको छ,” उहाँले भन्नुभयो ।

त्रिशूली नदीको निरन्तर कटानका कारण गत आइतबार कृष्णभिरमा १२० मिटर लम्बाइमा पूरै राजमार्ग भासिएको छ । डाइभर्सनका लागि भिरतर्फ सात मिटर चौडाइ र १५० मिटर लम्बाइसम्म कटान गर्ने तयारी भइरहेको छ ।

कमजोर भूधरातलमा रहेको कृष्णभिरको भू–प्राविधिक परीक्षणपछि मात्रै डाइभर्सन खोल्न सकिएको भए थप जोखिम मोल्नुपर्ने अवस्था नआउने विज्ञहरूले औँल्याएका छन् । सडक विभागकी सिनियर डिभिजन इन्जिनियरसमेत रहनुभएकी महासचिव अधिकारी तत्काल सडक खुलाउनुपर्ने अहिलेको बाध्यता रहेको बताउनुहुन्छ ।

“दीर्घकालीन समस्या समाधानका लागि कृष्णभिरको जोखिमका बारेमा समीक्षा गर्नुपर्ने हुन्छ । तर अहिले त राजमार्ग खुलाउनै पर्ने जनदबाब छ,” उहाँले भन्नुभयो ।

परेवाभिरमा पनि डाइभर्सन
परेवाभिरमा भने करिब चार मिटर चौडाइ र सय मिटर लम्बाइको डाइभर्सन कटान गरिएको छ । पृथ्वी राजमार्ग नौबिसे–मलेखु पुनर्निर्माण आयोजनाका इन्जिनियर राजीव मानन्धरले अहिले परेवाभिरमा एकतर्फी यातायात सञ्चालनमा रहेको बताउनुभयो ।
“मुख्य राजमार्ग भासिएपछि त्यसलाई सञ्चालनमा ल्याउन पनि सँगैको भिर काट्नै पर्ने थियो । सानासाना पहिरो पन्छाएर डाइभर्सन खुला गरिएको छ,” उहाँले भन्नुभयो ।

गजुरी गाउँपालिका–२ मा पर्ने परेवाभिरमा १०० मिटर सडक भासिएको थियो । परेवाभिरसँगै बेनीघाट रोराङ गाउँपालिका–७, शीतलबजारबाट पनि राजमार्ग २० मिटर चिरिएर भासिएको छ । यस क्षेत्रमा भने यातायात सञ्चालनमा समस्या छैन ।

यता, नारायणगढ–मुग्लिन सडकको ३१ किलोमा पनि राजमार्ग भासिएको छ । यस क्षेत्रमा हाल भासिने क्रम रोकिएकाले पछि मर्मत तथा सुधार गरिने बताइएको छ ।

दीर्घकालीन समाधान टनेल
पृथ्वी राजमार्गमा अहिले भइरहेको डाइभर्सन कटान अल्पकालीन र तत्कालका लागि सडक सञ्चालनमा ल्याउने विकल्प हो । यसको दीर्घकालीन समाधानका लागि टनेल निर्माण नै उपयुक्त विकल्प भएको विज्ञहरूले बताएका छन् ।

टनेल विज्ञसमेत रहनुभएका नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष शुभाष बरालले नेपालका सडकका लागि टनेल उपयुक्त विकल्प भएको बताउनुभयो ।

“पहिरो र नदी कटानको जोखिममा रहेका हाम्रा राजमार्गमा कृष्णभिरजस्ता जोखिमयुक्त स्थानमा छोटा–छोटा टनेल नै उपयुक्त विकल्प हो,” उहाँले भन्नुभयो । सोसाइटीकी महासचिव अधिकारी पनि टनेललाई उपयुक्त विकल्प मान्नुहुन्छ ।

“अहिले तत्कालका लागि पहिला सडक खोलौँ । विस्तारै दीर्घकालीन समाधानका लागि के गर्न सकिन्छ, अध्ययन गरौँला । टनेल उपयुक्त विकल्प हो, त्यसमा कुनै विवाद छैन,” उहाँले भन्नुभयो ।

शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित
पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    विपना थापा र वर्षा राउतको अभिनय रहने

  • ६.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

भर्खरै

  • १.
    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  • २.
    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  • ३.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • ४.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ५.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ६.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ७.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

  • ८.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.