• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • २. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ७. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ८. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ९. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  •   बुधबार, कार्तिक ११, २०८३ मा प्रकाशित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गौँथली’ले फ्रान्समा आयोजना हुने ‘वर्ल्ड फिल्म फेस्टिभल इन कान्स’मा ‘बेस्ट फरेन सिनेमा’ अवार्ड जितेको छ। यस उपलब्धिलाई चलचित्रका निर्देशक र निर्माताले ‘गौँथली’को अन्तर्राष्ट्रिय यात्राको महत्त्वपूर्ण सफलता बताएका छन्।

‘वर्ल्ड फिल्म फेस्टिभल इन कान्स’लाई ‘रिमेम्बर द फ्युचर’ नामले पनि चिनिन्छ। फ्रान्सको कान्समा आयोजना हुने यस फेस्टिभलमा मासिक रूपमा अनलाइनमार्फत चलचित्रहरू सहभागी गराइन्छन् भने मासिक तथा वार्षिक रूपमा भौतिक प्रदर्शन, रेड कार्पेट र अवार्ड समारोहसमेत आयोजना हुने गरेको छ।

चलचित्रले अन्तर्राष्ट्रिय अवार्ड जितेपछि निर्देशक डा. कपिल रिजालले खुसी व्यक्त गरेका छन्। २५ वर्षअघि उनका बुवा डा. भोला रिजालले निर्माण गरेको गीतिचलचित्र ‘गौँथली’को भावना, माया र विरासतलाई नयाँ पुस्तासम्म नयाँ शैलीमा पुर्‍याउने प्रयास गरेको उनले बताएका छन्।

“आज मन गर्वले भरिएको छ, अनि आँखामा खुसीका आँसु छन्। २५ वर्षअघि मेरा बुवा डा. भोला रिजालले निर्माण गर्नुभएको गीतिचलचित्र ‘गौँथली’को त्यही भाव, त्यही माया र त्यही विरासतलाई आत्मसात् गर्दै मैले नयाँ पुस्तासम्म नयाँ ढंगले पुर्‍याउने एउटा सानो प्रयास मात्र गरेको हुँ,” निर्देशक रिजालले भनेका छन्।

उनले ‘गौँथली’ले प्राप्त गरेको माया, साथ र सफलताले आफूलाई भावुक बनाएको उल्लेख गर्दै चलचित्र भावना, सपना र नेपाली चलचित्रप्रतिको प्रेमसँग जोडिएको सुन्दर यात्रा भएको बताएका छन्। यो उपलब्धि व्यक्तिगत सफलतामात्र नभई सम्पूर्ण चलचित्र टोलीको जित भएको उनको भनाइ छ।

निर्माता सुमन गिरीले पनि चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेकोमा खुसी व्यक्त गरेका छन्। दर्शकको माया, साथ र आशीर्वादकै कारण ‘गौँथली’ कान्ससम्म पुगेर विजेता बन्न सफल भएको उनले बताएका छन्।

“हिजो एउटा सपना थियो, आज त्यो सपना गौरवपूर्ण इतिहास बनेको छ,” निर्माता गिरीले भनेका छन्। उनले चलचित्रले प्राप्त गरेको सफलतालाई नेपाली चलचित्र र नेपाली माटोको जितका रूपमा व्याख्या गरेका छन्।

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’ अहिले पनि प्रदर्शनरत छ। प्रदर्शनको सय दिन मनाइसकेको चलचित्रले २६ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको जनाइएको छ। यससँगै चलचित्र नेपाली फिल्म उद्योगमा सर्वाधिक कमाइ गर्ने चलचित्रमध्ये दोस्रो स्थानमा रहेको दाबी गरिएको छ।

बुधबार, कार्तिक ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल
‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम आमनेसामने
मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध
फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • २.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • २.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ३.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ४.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ५.
    एनपीएलमा आज पोखरा र सुदूरपश्चिम आमनेसामने

  • ६.
    मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

  • ७.
    फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग

  • ८.
    मलेसियामा श्रम समस्या समाधान गर्न कूटनीतिक पहल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.