• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ६. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ७. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ८. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ९. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • १०. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  •   मङ्गलबार, कार्तिक १७, २०८३ मा प्रकाशित

महोत्तरी। भर्खरै दसैँ सकेका मधेसका बस्तीमा दीपावली र छठ पर्वको चहलपहल सुरु भएको छ । मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा यी पर्व मन फुकाएर मनाउने गरिन्छ । यी पर्वले मधेसका बस्ती चलायमान हुन्छन् । दीपावली र छठ पर्वको गर्जो टार्न स्थानीयवासीले माटो सङ्कलन गरेर बिक्री गर्ने गरेका छन् ।

मिथिला क्षेत्रमा दीपावली र छठ पर्वअघि घर विभिन्न रङ पोतेर चिटिक्क पार्ने स्थापित परम्परा छ । यसै परम्पराभित्र गरिब बस्तीका श्रमिकका लागि केही आर्जनको अवसर पनि छ ।

मिथिलामा दीपावलीलाई सरसफाइ, रङरोगन र उज्यालोको पर्व मानिन्छ । यसैगरी छठ निष्ठा र भक्तिको । यस अवसरमा सबैले घर लिपपोत र रङरोगन गर्ने हुँदा यहाँ यी पर्वअघि विभिन्न रङका माटोको माग अत्यधिक हुने गर्छ ।

“पर्व त अब मुखमै छ, अलिअलि दशहरामा कमाइयो, अब दिवाली (दीपावली) र छठ अघि माटोको माग छ”, भङ्गाहा–३ सकरी बस्तीकी पुर्नी सदा भन्नुहुन्छ, “यही माटोको कमाइले आफ्नो पर्व टार्नु छ ।” यी पर्वमा माटो बेचेर घरखर्च टार्ने र थप केही नगद बचत हुने गरेको उहाँ बताउनुहुन्छ । दसैँदेखि तिहार र छठसम्म बस्तीमा माटो खोज्न निस्कने वर्षौंदेखिको प्रचलन छ ।

औरही–८ टिम्कियाको मुसहरीटोलकी शनिचरी सदाले दसैँदेखि छठसम्म माटो बेचेकै रकमले यी पर्व टार्ने गरिएको बताउनुभयो । यस्तै भङ्गाहा–४ रामनगरको दलित बस्तीकी हेमनी सदाले पछिल्ला १० वर्षयता बर्सेनि विभिन्न रङ्का माटो सङ्ग्रह गरेर राम्रो आम्दानी गर्नुभएको छ ।

बढी माग हुने कमेरे र पहेँलो माटो बस्ती नजिककै पोखरी र खोला किनारबाट ल्याउने गरिए पनि रातो माटो लिन १५÷१६ किलोमिटर दूरीको बर्दिबासको रातोमाटो थुम्कामा पुग्नुपर्ने उहाँले बताउनुभयो । “दुःख त छ, तर दुःख गरेअनुसार दुईचार पैसा थैलीमा पर्छ”, हेमनी भन्नुहुन्छ, “यही कमाइले छोराछोरीको रहर र पर्वको खर्च जुट्छ ।” यी पर्वमा माटोबाहेक घर लिपपोतबाट पनि राम्रै पारिश्रमिक पाइने गरिएको उहाँको भनाइ छ ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहितका १५ वटै स्थानीयतहका लगभग सबैजसो बस्तीमा मुसहर समुदायको धेरथोर बसोबास छ । यी बस्तीका युवायुवती माटो ओसार्न लाग्छन् । यो आर्जनको अवसर भएको गौशाला–४ रजखोरकी बुधनी सदा बताउनुहुन्छ ।

मधेसमा दशहरा, दीपावली र छठ पर्वका बेला घर लिपपोत र रङरोगनका लागि रातो, कमेरे, पहेँलो र धुस्रो कालो माटो प्रयोग गर्ने चलन छ । यताका अधिकांश घर बाँसको चोयाका भित्ताका हुनेहुँदा यिनको लिपपोत र रङरोगनमा माटोको प्रयोग हुने गरेको हो ।

मिथिलाको स्थापित यो चलनले गरिब बस्तीका श्रमिकका लागि माटो सङ्ग्रह आर्जनको अवसर हुने गरेको छ । नियमित खेतीपाती र मजदुरीभन्दा फरक समयको काम हुनाले यसबाट आर्जन हुने रकमलाई दलित बस्तीका श्रमिक थप कमाइ ठान्छन् । यी पर्वका बेला आफ्ना बस्तीका श्रमिकले माटो बेचेरै पर्वखर्च जोहो गर्ने गरेका गौशाला–१ रामनगरकी ममता महतोको भनाइ छ ।

आमरुपमा किसानको खेतपातीमा श्रम गरेर गुजारा चलाउने श्रमिक पर्वविशेषमा थप नगद आर्जनका लागि माटोको खोजीमा निस्कन्छन् । सदा थरका अधिकांश मुसहरसँग पर्वका लागि पहिले जोहो गर्ने आर्थिक हैसियत नहुँदा उनीहरुका लागि चाडबाड विशेषका काम आर्जनको खास अवसर बन्ने गरेको छ ।

अहिले फरकफरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह बनाएका ठाउँको डिल, पुराना पोखरी र चुरे पहाड क्षेत्रका रातो माटोका थुम्का भएका छन् । अहिले गरेको मेहनतले आफ्नो घर पोत्नसँगै पर्वमा घरखर्चको जोहो हुने गरेको स्थानीय महिलाको भनाइ छ । दिनदिनै पक्की घर बन्नेक्रम बढ्दै गएपछि केही वर्षपछि माटो सङ्ग्रहको चलन हराउनसक्ने यी बस्तीका मानिसको चिन्ता छ ।

मङ्गलबार, कार्तिक १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित
पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    विपना थापा र वर्षा राउतको अभिनय रहने

  • ६.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

भर्खरै

  • १.
    सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

  • २.
    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  • ३.
    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  • ४.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • ५.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ६.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ७.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ८.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.