• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ६. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ७. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ८. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ९. चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते

  • १०. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  •   मङ्गलबार, कार्तिक १७, २०८३ मा प्रकाशित

कास्की । पोखरा महानगरपालिका–१३ का कृषक शुक्रराज तिमिल्सिनाले यस वर्ष तिहारलाई लक्षित गरी दुई रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन् ।

गणेश कृषि फार्मका सञ्चालक तिमिल्सिनाले पशुपालन र तरकारी खेतीसँगै तीन वर्षदेखि फूल खेतीलाई व्यावसायिक रूपमा अघि बढाएका हुन् । गत वर्ष एक रोपनी जमिनमा सयपत्री फूल खेती गरेर राम्रो आम्दानी भएपछि उनले यस वर्ष खेती विस्तार गर्नुभएको हो ।

“गत वर्ष एक रोपनीमा फूल लगाएर करिब रु एक लाख कमाएँ । यस वर्ष पहिलाको भन्दा दोब्बर क्षेत्रफलमा खेती गरेको छु । फूल पनि राम्रो भएको छ । आम्दानी पनि राम्रो हुने अपेक्षा गरेको छु”, उनले भने ।

तिमिल्सिनालाई उत्पादित फूल बिक्री गर्न खासै समस्या छैन । कतिपय ग्राहक नर्सरीमै पुगेर आफूलाई आवश्यक पर्ने फूल खरिद गर्ने गरेका छन् । बाँकी फूल तिहार नजिकै आयोजना हुने पुष्प प्रदर्शनी तथा सयपत्री फूल मेलामा लगेर बिक्री गर्ने उनको योजना छ । फूल मेलाले स्थानीय कृषकलाई आफ्नो उत्पादन एकै ठाउँबाट उपभोक्तासम्म पुर्‍याउन सहज बनाउने उनको विश्वास छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीले यस वर्ष नवौँ संस्करणको गोदावारी पुष्प प्रदर्शनी तथा पाँचौँ संस्करणको गण्डकी प्रादेशिक पुष्प एवं सयपत्री फूल मेला आयोजना गर्न लागेको छ ।

यही कात्तिक १८ देखि २३ गतेसम्म पोखरा रङ्गशालास्थित खेल मैदानमा आयोजना हुने मेलामा स्थानीय कृषकले उत्पादन गरेका सयपत्री फूलसहित विभिन्न प्रजातिका फूल तथा बिरुवा बिक्री र प्रदर्शनीमा राखिनेछन् । तिहारमा फूलको माग बढ्ने भएकाले मेलाले कृषक र उपभोक्ता दुवैलाई लाभ पुग्नेछ ।

स्थानीय फूल उत्पादक कृषकलाई बजार उपलब्ध गराउने र उपभोक्तालाई सहज रूपमा फूल तथा फूलका बिरुवा खरिद गर्ने वातावरण सिर्जना गर्ने उद्देश्य मेलाको छ ।

एसोसिएसनका अध्यक्ष रामप्रसाद सुवेदीका अनुसार तिहार तथा छठ पर्वका अवसरमा फूलका पारखी र उपभोक्तालाई सहज रूपमा फूल तथा बिरुवा उपलब्ध गराउन मेला महत्त्वपूर्ण रहेको बताए ।

“तिहार तथा छठ पर्वका समयमा पुष्पका पारखी र ग्राहकलाई सहज रूपमा फूल तथा बिरुवा उपलब्ध गराउन मेला सहयोगी हुँदै आएको छ । फूल तथा बिरुवाप्रति अभिरुचि राख्ने र यससम्बन्धी ज्ञान हासिल गर्न चाहनेका लागि मेला उपयोगी हुँदै आएको छ”, उनले भने ।

उनका अनुसार संस्थामा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायी फूल उत्पादन र बिक्री वितरणमा आबद्ध छन् । यस वर्ष मेलामा २२ वटा व्यावसायिक प्रदर्शनी कक्ष, तीन वटा कृषि सामग्रीसम्बन्धी स्टल र एउटा सूचनामूलक प्रदर्शनी कक्ष गरी कूल २६ वटा प्रदर्शनी कक्ष रहनेछन् ।

प्रदर्शनीमा विगत वर्षदेखि व्यावसायिक रूपमा उत्पादन हुँदै आएका विभिन्न जात र प्रजातिका गोदावरी फूलका बिरुवाका साथै यस वर्ष भित्रिएका नयाँ प्रजातिका गोदावरी फूल राखिनेछन् ।

मेलाले पुष्प व्यवसायीलाई आफ्ना उत्पादनको प्रचारप्रसार र बिक्री गर्ने अवसर प्रदान गर्नुका साथै उपभोक्तालाई विभिन्न प्रजातिका फूल तथा बिरुवाबारे जानकारी लिन र खरिद गर्न सहज बनाउने एसोसिएसनका सचिव खिमलाल सुवेदीले बताए ।

तिहारमा फूलको माग उच्च हुने भएकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिन मेलाले प्रोत्साहन गर्ने विश्वास उहाँको छ । पोखरामा वार्षिक रूपमा रु दुईदेखि रु तीन करोड बराबरको फूल कारोबार हुने गरेको महानगरपालिकाले जनाएको छ । यस वर्ष महानगरभित्र करिब २०० रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ ।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनोहरप्रसाद कडरियाका अनुसार पोखरामा खपत हुने फूलमध्ये करिब ७० प्रतिशत स्थानीय उत्पादनले धान्ने अवस्था छ ।

महानगरपालिकाले बीउमा अनुदान, मल्चिङ प्लास्टिक तथा खेती प्रविधिमा सहयोग गर्दै आएपछि स्थानीयस्तरमा फूल उत्पादन बढ्दै गएको उनले बताए । “अन्य बाली छाडेर फूलखेती गर्ने कृषकको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । पोखरामा उत्पादित फूलले माग धान्न नसक्ने अवस्थामा छिमेकी पालिका र जिल्लाबाट फूल ल्याउने गरिएको छ”, उनले भने ।

स्थानीय कृषकले घरायसी प्रयोजनका लागि गाउँघरमा उत्पादन गर्ने फूललेसमेत बजारको माग पूरा गर्न सहयोग पुर्‍याउँदै आएको महानगरपालिकाले जनाएको छ ।

मङ्गलबार, कार्तिक १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित
पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    विपना थापा र वर्षा राउतको अभिनय रहने

  • ६.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

भर्खरै

  • १.
    सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

  • २.
    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  • ३.
    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  • ४.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • ५.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ६.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ७.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ८.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.