• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ४. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ५. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ६. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ७. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ८. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

‘म पूर्ण भीम होइन, पाण्डवको एउटा अंश मात्र हुँ’ : जितु नेपाल

  •   बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित

काठमाडौं । अभिनेता जितु नेपाल आगामी कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘पाँच पाण्डव’मा भीमसेनको चरित्रमा देखिँदैछन् । चलचित्रको ट्रेलरमा अभिनेता हरिवंश आचार्यले उनलाई ‘भीम’ भनेर सम्बोधन गर्दा जितुले ‘म त भीमसेन हो’ भनेको दृश्यले दर्शकमाझ चासो बढाएको छ ।

महाभारतमा भीम पाँच पाण्डवमध्ये सबैभन्दा बलिया पात्रका रूपमा परिचित छन् । यस्तो शक्तिशाली पात्रको भूमिकामा जितु देखिएपछि उनको चरित्रलाई लिएर विभिन्न चर्चा पनि भइरहेका छन् । तर, जितु भने आफू पूर्ण रूपमा भीम नभएको बताउँछन् ।

‘भीम भन्दा सबैले ठूलो चरित्रलाई बुझ्छन् । तर, फिल्ममा मेरो चरित्र पनि रमाइलो छ । यो ठ्याक्कै पाँच पाण्डवको कथा होइन । स्वर्गमा रहेका युधिष्ठिर दाजुभाइबिना दुःखी हुनुहुन्छ । उहाँलाई आफ्ना चार भाइको सम्झना आउँछ । ५१ सय वर्षपछि पनि कुनै न कुनै रूपमा भाइहरू जन्मिएका होलान् भन्ने सोचेर खोज्दै नेपाल आउनुहुन्छ । त्यसपछि हामीलाई भेटेर तँ भीम होस्, तँ अर्जुन होस् भनेर चिनाउनुहुन्छ । मैले आफैं भीम हुँ भनेको होइन,’ जितुले भने ।

आफूलाई भीमको सानो स्वरूपमा प्रस्तुत गरिएको भन्दै कतिपयले टिप्पणी गरेको प्रसंगमा उनले भीम सानो हुनै नहुने भन्ने नरहेको प्रतिक्रिया दिए ।

‘कसैले भीम सानो हुनुभयो पनि भने । तर, भीम सानै हुन नपाउने भन्ने त होइन नि,’ उनले भने ।

जितुका अनुसार चलचित्रमा उनी इँटाभट्टामा काम गर्ने मजदुरको भूमिकामा छन् । त्यसैले भीमको चरित्रका लागि छुट्टै ठूलो तयारी गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

‘म पूर्ण रूपमा भीम होइन । हामी पाण्डवको एउटा अंश मात्र हौं । कल्पनामा कसैले कनेक्ट गर्‍यो भने एउटा कुरा हो । म फिल्ममा इँटाभट्टाको मजदुर हुँ । त्यसकारण निर्देशकको निर्देशन र कथाले मागेअनुसार काम गरेको छु,’ उनले स्पष्ट पारे ।

महाभारत र पाँच पाण्डवको विम्बमा आधारित चलचित्रमा काम गर्न पाउँदा आफू खुसी रहेको जितु बताउँछन् । उनका अनुसार यस चलचित्रमा काम गर्दा तीनवटा कुरा उनका लागि नयाँ चुनौती बने ।

पहिलो चुनौती अभिनेत्री दीपाश्री निरौला थिइन् । चलचित्रमा जितु र दीपाश्री श्रीमान्–श्रीमतीको भूमिकामा छन् । यसअघि विज्ञापनमा सँगै काम गरे पनि चलचित्रमा भीमसेनकी श्रीमतीको भूमिकामा दीपाश्रीलाई देख्नु उनका लागि फरक अनुभव रहेको उनले बताए ।

त्यस्तै, अभिनेता हरिवंश आचार्यसँग पहिलोपटक स्क्रिन शेयर गर्न पाउनु पनि उनका लागि विशेष अनुभव बनेको छ । युधिष्ठिरको भूमिकामा रहेका हरिवंशसँगको दृश्यमा आफूलाई फरक अनुभव भएको जितुको भनाइ छ ।

‘पाँच पाण्डव’मा धेरै कलाकार र ठूलो क्यानभास भएकाले आफूलाई दर्शकमाझ कसरी प्रस्तुत गर्ने र कुन रूपमा सम्झिनेछन् भन्ने अर्को चुनौती रहेको उनले बताए ।

जितु नेपाललाई दर्शकले प्रायः हास्य भूमिकामा हेर्न रुचाउँछन् । यो चलचित्रमा पनि दर्शकको उक्त अपेक्षा केही हदसम्म पूरा हुने उनको भनाइ छ ।

‘दर्शकको कमेडी हेर्ने चाहना हल्का रूपमा पूरा हुन्छ । किनभने यो एउटै मान्छेको कथा होइन, पाँच जना भाइको कथा हो । हरेक कलाकारका आ–आफ्नै पाटा र कथा छन् । कथाले मागेको र दृश्यले आवश्यक ठानेको ठाउँमा कमेडी छ,’ जितुले भने ।

निर्देशक बसन्त निरौलासँग जितुले यसअघि चलचित्र ‘ज्वाइँ साब’मा काम गरिसकेका छन् । लेखक सुशील पौडेलसँग पनि उनको पुरानै चिनजान छ भने प्रस्तुतकर्ता नवीन श्रेष्ठसँग चलचित्र ‘लाज शरणम्’ निर्माणका क्रममा चिनजान भएको थियो । निरन्तर भेटघाट भइरहने क्रममा चलचित्रमा काम गर्ने प्रस्ताव आएको र पाँच पाण्डवमध्ये एक पात्रका रूपमा आफू जोडिएको उनले बताए ।

बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘पाँच पाण्डव’मा जितुसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, दीपाश्री निरौला, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकारको मुख्य भूमिका छ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुन् भने नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेका छन् । चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । सामाजिक कथावस्तुमा आधारित चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।

श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रमा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालको भिएफएक्स रहेको छ ।

चलचित्रलाई डल्बी एटमस साउन्डमा तयार गरिएको छ । ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको चलचित्रलाई आरआर फिल्म्सले देशव्यापी वितरण गर्दैछ ।

बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो
मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो
पार गर्न छिटो, टोल तिर्न सास्ती
भाइटीकाको उत्तम साइत २५ गते ११ः०७ बजे
प्रधानमन्त्रीको भारत भ्रमण तयारी
‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक, हरिवंशको वरिपरि घुम्यो कथा

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ४.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ५.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ६.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

भर्खरै

  • १.
    ‘म पूर्ण भीम होइन, पाण्डवको एउटा अंश मात्र हुँ’ : जितु नेपाल

  • २.
    च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो

  • ३.
    मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

  • ४.
    पार गर्न छिटो, टोल तिर्न सास्ती

  • ५.
    भाइटीकाको उत्तम साइत २५ गते ११ः०७ बजे

  • ६.
    प्रधानमन्त्रीको भारत भ्रमण तयारी

  • ७.
    ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक, हरिवंशको वरिपरि घुम्यो कथा

  • ८.
    आज कार्तिक १८ गते बुधबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.