• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ४. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ५. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ६. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ७. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ८. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ९. ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • १०. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

प्रधानमन्त्रीको भारत भ्रमण तयारी

  •   बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित

काठमाडौँ, कात्तिक १८ गते । प्रधानमन्त्री वालेन्द्र शाहको यही मङ्सिरमा हुने भारत भ्रमणको तयारी नेपाल र भारत दुवै देशमा उच्च बनेको छ । प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण सफल बनाउन नेपाल सरकार र भारत सरकारका तर्फबाट हुनुपर्ने आवश्यक तयारी तीव्र भएको छ ।

नेपालका लागि नवनियुक्त भारतीय राजदूत कार्यभार समाल्न नेपाल आइसक्नुभएको छ भने भ्रमणको तयारीबारे छलफल गर्न भारतका विदेश सचिव बुधबार नेपाल आउँदै हुनुहुन्छ । भारत सरकारले मङ्सिरको दोस्रो साता अर्थात् मङ्सिर ७, ८ र ९ गतेलाई सम्भावित भ्रमणको मिति मानेर तयारी गरिरहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार प्रधानमन्त्री शाहको भ्रमणको औपचारिक मिति दुवै देशको अनुकूलतामा छिट्टै तोकिने छ  ।

प्रधानमन्त्री शाहको भ्रमणलाई औपचारिकताभन्दा माथि उठेर दुई देशबिच दीर्घकालीन र विकास साझेदारीमा केन्द्रित बनाउने योजनामा दुई देशको गृहकार्य केन्द्रित रहेको छ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार आसन्न भ्रमणको तीव्र गृहकार्यमा परराष्ट्र मन्त्रालय छ ।  सञ्चारकर्मीसँगको अन्तर्क्रियामा उहाँले आफ्नो भारत भ्रमणको समयदेखि नै प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी चलेको बताउनुभयो । भारतका विदेशमन्त्री सुब्रमन्यम जयशङ्करसँगको कुराकानीका क्रममा पनि प्रधानमन्त्री शाहको भ्रमण दुवै देशका लागि परिणाममुखी र केही प्रस्ट देखिने खालको हुनु पर्छ भन्नेमा जोड दिइएको थियो ।

विगतमा जस्तै व्यापार तथा पारवहन र दुई देशका सीमा व्यवस्थापनको विषयमा छलफल हुने छन् तर ती विषयभन्दा अझ अगाडि बढेर सम्बन्धलाई थप बलियो बनाउन सक्नु पर्छ भन्ने बुझाइ नेपाल सरकारको रहेको मन्त्री खनालले सुनाउनुभयो ।

सन् २००९ को व्यापार सम्झौता हरेक सात वर्षमा नवीकरण हुने गर्छ । अब सन् २०३० मा नवीकरणको पालो रहेको छ तर नेपाल सरकारले उक्त सम्झौताका केही बुँदामा परिवर्तन गरेर भारत सरकारसँग अहिलेदेखि काम गर्न चाहेको छ । यो कुरा परराष्ट्रमन्त्री खनालले भारत भ्रमण हुँदा समकक्षी जयशङ्करसँग राख्नुभएको थियो । यस विषयमा पनि प्रधानमन्त्री शाहको भ्रमणमा कुरा हुने मन्त्रालयले जनाएको छ । व्यापार, पारवहन, सम्पर्क सञ्जाल विस्तार, ऊर्जा र विपत्पछिको पुनर्निर्माणका विषय नेपालको प्राथमिकतामा रहेका छन् ।

नेपालमा कार्यान्वयनमा रहेका दुई देशबिचको साझेदारीयुक्त परियोजनाका उद्घाटन पनि भ्रमणका विषयवस्तु रहने छन् । काभ्रेको पनौतीमा बनेको प्रहरी एकेडेमी आदिको दुई देशका प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने सम्भावना छ । मन्त्री खनालको भ्रमणमा भारत सरकारसँग एक बिलियन डलर बराबरको सहयोगका लागि आग्रह गरिएको थियो ।

प्रधानमन्त्री शाहको भ्रमणमा वित्तीय प्याकेज, व्यापार तथा पारवहन, सम्पर्क सञ्जाल र हवाई सञ्जाल, ऊर्जा र विद्युत् व्यापारका क्षेत्र प्राथमिकतामा रहने मन्त्रालयले जनाएको छ ।

बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘म पूर्ण भीम होइन, पाण्डवको एउटा अंश मात्र हुँ’ : जितु नेपाल
च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो
मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो
पार गर्न छिटो, टोल तिर्न सास्ती
भाइटीकाको उत्तम साइत २५ गते ११ः०७ बजे
‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक, हरिवंशको वरिपरि घुम्यो कथा

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ४.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ५.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ६.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

भर्खरै

  • १.
    ‘म पूर्ण भीम होइन, पाण्डवको एउटा अंश मात्र हुँ’ : जितु नेपाल

  • २.
    च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो

  • ३.
    मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

  • ४.
    पार गर्न छिटो, टोल तिर्न सास्ती

  • ५.
    भाइटीकाको उत्तम साइत २५ गते ११ः०७ बजे

  • ६.
    प्रधानमन्त्रीको भारत भ्रमण तयारी

  • ७.
    ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक, हरिवंशको वरिपरि घुम्यो कथा

  • ८.
    आज कार्तिक १८ गते बुधबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.