• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ४. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ५. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ६. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ७. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ८. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ९. ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • १०. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

भाइटीकाको उत्तम साइत २५ गते ११ः०७ बजे

  •   बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको समितिका अध्यक्ष प्रा डा पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो । कात्तिक २५ गते बुधबार बिहान ११ः०७ बजे भाइटीकाको साइत उत्तम रहेको उहाँले बताउनुभयो ।

मध्याह्न कालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्न कालमा टीका लगाउन कुनै समस्या छैन ।

यस वर्ष यमपञ्चक कात्तिक २० गते शुक्रबारदेखि नै सुरु हुन्छ । त्यस दिन धनत्रयोदशी (धनतेरस) पर्व परेको छ । कात्तिक २१ गते शनिबारदेखि काग तिहार परेको छ । धन्वन्तरी जयन्ती पनि यसै दिन परेको छ । कात्तिक २२ गते आइतबार नरक स्नान सहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।

दिउँसो कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रुपमा पर्व सम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायंकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक २३ गते सोमबार बिहान गर्नुपर्नेछ । लक्ष्मीपूजा पनि यसै दिन गरिन्छ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक २४ गते मङ्गलवार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म (म्ह) पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

आत्म (म्ह) पूजा विशेष गरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन वटा पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक २४ गते नै आत्म (म्ह) पूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गर्नुभएको छ । नेपाल संवत्को नयाँ वर्ष ११४७ पनि यसै दिन सुरु हुन्छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन रहेको छ ।

शास्त्रीय विधि अनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक २५ गते बुधबार नै मनाइन्छ । शास्त्रीय वचन अनुसार मध्याह्न कालमा नै भाइटीका लगाइन्छ । यसैले कात्तिक २५ गते नै भाइटीका मनाउन शास्त्र सम्मत हुने समितिको ठहर छ ।

शास्त्रीय ग्रन्थमा भ्रातृ पूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुबैलाई बुझाउने अध्यक्ष भट्टराईको भनाई छ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक भनिने तिहार पर्व मनाइन्छ । यस पर्वमा कार्तिक कृष्ण त्रयोदशीको साँझदेखि कार्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ । यमदीपदान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

काग र कुकुरलाई पनि यमदूतका रुपमा मीठा परिकार खान दिएर खुसी बनाउने वैदिक परम्परा छ । जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ ।

बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘म पूर्ण भीम होइन, पाण्डवको एउटा अंश मात्र हुँ’ : जितु नेपाल
च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो
मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो
पार गर्न छिटो, टोल तिर्न सास्ती
प्रधानमन्त्रीको भारत भ्रमण तयारी
‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक, हरिवंशको वरिपरि घुम्यो कथा

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ४.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ५.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ६.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

भर्खरै

  • १.
    ‘म पूर्ण भीम होइन, पाण्डवको एउटा अंश मात्र हुँ’ : जितु नेपाल

  • २.
    च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो

  • ३.
    मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

  • ४.
    पार गर्न छिटो, टोल तिर्न सास्ती

  • ५.
    भाइटीकाको उत्तम साइत २५ गते ११ः०७ बजे

  • ६.
    प्रधानमन्त्रीको भारत भ्रमण तयारी

  • ७.
    ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक, हरिवंशको वरिपरि घुम्यो कथा

  • ८.
    आज कार्तिक १८ गते बुधबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.