• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ६. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  •   बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘चिरञ्जीवी भवः’को नयाँ गीत ‘जाले रुमाल’ सार्वजनिक भएको छ । निर्माणपक्षले बिहीबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो ।

दीपकप्रसाद आचार्यको शब्द र बाबुल गिरीको संगीत रहेको गीतमा रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीको स्वर छ । लोकलयमा आधारित डान्सिङ नम्बरमा युवक र युवतीबीचको दोहोरी प्रस्तुत गरिएको छ । रूप र सौन्दर्यबाट एकअर्काप्रति आकर्षित भएका उनीहरूको प्रेमभाव गीतमा झल्किएको छ ।

मौलिक शब्द, टिपिकल नेपालीपन र आकर्षक हुकलाइन गीतका विशेषता हुन् । सवाल–जवाफ शैलीमा तयार पारिएको गीतले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।

गीतको भिडियोमा आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीको विवाहको सेटअप देखाइएको छ । विवाह समारोहमा परिवारका सदस्यहरूले गरेको रमाइलो र नाचगानलाई भिडियोमा समेटिएको छ । यसले चलचित्रका पात्रहरूबीचको पारिवारिक सम्बन्ध र अन्तरसम्बन्धसमेत उजागर गरेको छ । भिडियोमा चलचित्रका अधिकांश कलाकार देखिएका छन् ।

भिडियोको अन्तिम दृश्यले भने कौतूहलता सिर्जना गर्छ । अचानक घट्ने घटनाले कथालाई कुन मोडमा पुर्‍याउँछ भन्ने जिज्ञासा गीतले दर्शकमाझ छाडेको छ । गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् ।

‘चिरञ्जीवी भवः’मा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । हरिवंश आचार्य चलचित्रमा ‘चिरञ्जीवी बाजे’को भूमिकामा देखिँदैछन् । त्यस्तै, करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी र सुस्मिता कुँवरलगायत कलाकारको अभिनय रहेको छ ।

ब्लकबस्टर निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको चलचित्र माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र अहिले पोस्ट प्रोडक्सनमा छ ।

गत वर्ष आचार्यकै निर्देशनमा बनेको चलचित्र ‘परान’ वर्षकै सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली चलचित्र बनेको थियो । उनको निर्देशनमा बन्न लागेको दोस्रो चलचित्र भएकाले पनि ‘चिरञ्जीवी भवः’लाई दर्शकले प्रतीक्षाका साथ हेरिरहेका छन् ।

चलचित्रमा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँगै जोडिएका छन् । कुमारको कथामा दीपकले चलचित्र निर्माण गरेका हुन् । कथाको लेखनमा सविन अधिकारी र वसन्त न्यौपानेले सहकार्य गरेका छन् ।

सोसल ड्रामा जनरामा निर्माण भएको चलचित्रले दुई पुस्ताबीचको वैचारिक भिन्नता र उनीहरूबीचको सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ ।

उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता छन् ।

चलचित्रका गीतमा निर्देशक दीपक आचार्य स्वयंको शब्द रहेको छ भने हर्क साउदको पनि सहकार्य छ । रञ्जित गजमेरको संगीतसमेत चलचित्रमा समावेश छ । बाबु गिरी, सुशान्त गौतम, निरञ्जन थापा र समीर खरेलले पनि संगीत दिएका छन् ।

चलचित्रमा शिवराम श्रेष्ठको छायांकन र मित्र डी. गुरुङको सम्पादन रहेको छ । गम्भीर विष्ट र किरण थापाले नृत्य निर्देशन गरेका छन् । रामबाबु खड्का प्रमुख सहायक निर्देशक छन् भने सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल सहायक निर्देशकका रूपमा रहेका छन् ।

सुवास राज काफ्ले प्रोजेक्ट म्यानेजर र विशाल न्यौपाने प्रोडक्सन डिजाइनर छन् । मेकअपमा विक्रम गौतम, स्टिल तथा बीटीएसमा सन्तोष क्षेत्री, प्रोडक्सनमा विष्णुप्रसाद मैनाली र अनिश लामिछाने तथा पब्लिसिटी डिजाइनमा टाउवा स्टुडियो (विजय बस्याल) रहेका छन् ।

चलचित्र माघ १ गते (१५ जनवरी) देखि देशभरका हलमा प्रदर्शन हुनेछ । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले चलचित्रको देशव्यापी वितरण गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ६.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

भर्खरै

  • १.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • २.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ५.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ६.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ७.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ८.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.