• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • २. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ५. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ६. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ७. दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • १०. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  •   बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित

काठमाडौं । आगामी मंसिर ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जलाकी’को ट्रेलरले दर्शकमाझ राम्रो चर्चा बटुलिरहेको छ। ट्रेलर सार्वजनिक भएसँगै चलचित्रले सामाजिक सञ्जाल र युट्युबमा दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। साथै, चलचित्रको ट्रेलर युट्युबको चलचित्र विधाअन्तर्गतको लोकप्रिय सूचीमा छैटौँ स्थानमा पुग्न सफल भएको छ।

ट्रेलर हेरेपछि अधिकांश दर्शकले निर्देशक अशोक थापा मगरको अघिल्लो सफल चलचित्र ‘खुस्मा’को झल्को आएको प्रतिक्रिया दिएका छन्। ‘खुस्मा’मा जस्तै यस चलचित्रमा पनि मगर समुदायको मौलिक संस्कृति, ग्रामीण परिवेश र भावनात्मक प्रेमकथाको समिश्रण देखिएकाले दर्शकले ‘जलाकी’लाई यस वर्षको प्रतीक्षित प्रेमकथानक चलचित्रका रूपमा हेरेका छन्।

विशेषगरी चलचित्रका मुख्य कलाकार उपासना सिंह ठकुरी र सोनम तोप्देनको जोडीलाई दर्शकले रुचाएका छन्। ट्रेलरमा देखाइएको उनीहरूको कलेज जीवन, प्रेम र आपसी सामीप्यले दर्शकको ध्यान खिचेको छ।

यसै चलचित्रमार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी कलाकार सहारा हाङमा लिम्बुको अभिनयले पनि चर्चा पाउन थालेको छ। पहिलो चलचित्र भए पनि ट्रेलरमा देखिएको उनको स्वाभाविक अभिनय र पर्दामा देखिएको उपस्थितिले दर्शकको ध्यान आकर्षित गरेको छ।

पोखरा, म्याग्दी र रोल्पाका मनमोहक दृश्य समेटिएको ट्रेलरमा कलेज जीवनको प्रेम, कक्षाकोठा र पुस्तकालयका रमाइला पलसँगै पछिल्लो समय आउने विछोड र भावनात्मक सङ्घर्षलाई प्रस्तुत गरिएको छ।

ट्रेलर सार्वजनिक हुनुअघि चलचित्रका ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका तीन गीत तथा टिजरले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका थिए।

चलचित्रको शीर्षक ‘जलाकी’ले मगर समुदायमा विशेष आस्था र सम्झनाको प्रतीकका रूपमा लिइने परम्परागत ढुङ्गाको स्तम्भलाई जनाउँछ। निर्देशक मगरले यसलाई चलचित्रमा प्रेम र विश्वासको बलियो आधारका रूपमा प्रस्तुत गरेका छन्।

चलचित्रमा उपासना, सोनम र सहारासँगै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनको अभिनय रहेको छ। त्यस्तै, विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर देखिनेछन्।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी रहेका छन्।

चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले देशव्यापी वितरण गर्नेछन्।

बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु
फागुन २१ देखि प्रदर्शनमा आउने ‘शुभ विवाह’को धमाधम डबिङ
‘पाँच पाण्डव’ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक २० देखि प्रदर्शनमा आउने
डा. मनोजकुमार केसी नयाँ प्रहरी महानिरीक्षक नियुक्त, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकार
‘म पूर्ण भीम होइन, पाण्डवको एउटा अंश मात्र हुँ’ : जितु नेपाल
च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो

Namaste Chitwan

लोकप्रिय

  • १.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • २.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ५.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ

  • ६.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष

भर्खरै

  • १.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • २.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

  • ३.
    फागुन २१ देखि प्रदर्शनमा आउने ‘शुभ विवाह’को धमाधम डबिङ

  • ४.
    ‘पाँच पाण्डव’ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ५.
    डा. मनोजकुमार केसी नयाँ प्रहरी महानिरीक्षक नियुक्त, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकार

  • ६.
    ‘म पूर्ण भीम होइन, पाण्डवको एउटा अंश मात्र हुँ’ : जितु नेपाल

  • ७.
    च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो

  • ८.
    मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.