• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  •   शुक्रबार, कार्तिक २०, २०८३ मा प्रकाशित

काठमाडौँ, कात्तिक २० गते । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई भारत सरकारले उच्च महत्व दिएको प्रस्ट पारेको छ । प्रधानमन्त्री शाहलाई भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले उहाँको भ्रमणको भइरहेको तयारी र भ्रमणका लागि अग्रिम शुभकामना सन्देश पठाउँदै भ्रमण अर्थपूर्ण बनाउन उच्च महत्वका साथ भारत सरकारले तयारी गरिरहेको जानकारी गराउनुभएको हो ।

नेपाल भ्रमणमा आउनुभएका भारतका विदेश सचिव विक्रम मिश्रीमार्फत प्रधानमन्त्री मोदीले उक्त सन्देश पठाउनुभएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार प्रधानमन्त्री शाहसँग विदेश सचिव मिश्रीले गर्नुभएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीको सन्देश प्रधानमन्त्री शाहलाई सुनाउनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उहाँले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल र फलदायी बनाउन भारत सरकारका तर्फबाट उच्च गृहकार्य भइरहेको प्रस्ट्याउनुभयो । प्रधानमन्त्री शाहले नेपालमा गत भदौ १० गते गएको विनाशकारी भोटेकोशी–त्रिशूली हिमबाढीपछि निम्तिएको विपत्मा भारत सरकारले सहयोगका लागि हात बढाउँदै पहिलो साथ एवं सहयोगसहित नेपालप्रति जनाएको ऐक्यबद्धताको सराहना गर्नुभयो । निकटको छिमेकीको नाताले तत्काल प्रतिक्रिया र सहयोग व्यक्त गरेको उक्त कार्यको प्रधानमन्त्री शाहले प्रशंसा गर्नुभयो । त्यसबेला राहत सामग्रीका साथै उद्धार टोली खटाएर भारतले गरेको सहयोगप्रति प्रधानमन्त्री शाहले आभार व्यक्त गर्नुभयो ।

त्यस्तै भारतका प्रधानमन्त्री मोदीले नेपालले विपत्को सामना गरिरहेका बेला फोनमार्फत सहयोगको ऐक्यबद्धता जनाउनुभएको स्मरण गर्दै प्रधानमन्त्री शाहले आभार प्रकट गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी विदेश सचिव मिश्रीले प्रधानमन्त्री शाहलाई दिनुभयो । बिहीबार नै उक्त मार्गमा रेलको परीक्षण सञ्चालन भएको पनि प्रधानमन्त्री शाहलाई जानकारी दिनुभएको प्रधानमन्त्री कार्यालयले प्रस्ट पारेको छ । आसन्न भारत भ्रमणको तयारीका विषयमा प्रधानमन्त्री शाहले विदेश सचिव मिश्रीसँग थप बिफ्रिङ लिनुभएको थियो ।

त्यसै गरी नेपाल–भारतबिच सहकार्यमा रहेका साझा मुद्दाका बारेमा भारत सरकारको मतका विषयमा विदेश सचिवमार्फत प्रधानमन्त्री शाहले चासो व्यक्त गर्नुभयो । नेपालमा भारत सरकारको सहयोगमा सञ्चालित परियोजनाहरू, विभिन्न क्षेत्रमा भएका भारतको लगानी तथा द्विपक्षीय सहकार्यका क्षेत्रमा भएको प्रगतिका बारेमा पनि प्रधानमन्त्री शाहले सङ्क्षिप्त जानकारी लिनुभयो ।  विदेश सचिव मिश्रीले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको प्रधानमन्त्री शाहलाई अवगत गराउनुभएको थियो । भ्रमणका क्रममा हुने सम्भावित अन्य योजनाका बारेमा पनि उहाँहरूबिच धारणा आदानप्रदान भएको जनाइएको छ ।

काठमाडौँस्थित भारतको दूतावासले विदेश सचिव मिश्रीले शिष्टाचार भेटमा प्रधानमन्त्री मोदीको तर्फबाट आसन्न भ्रमणका लागि शुभकामना सन्देश हस्तान्तरण गर्नुभएको प्रस्ट्याएको छ । भेटमा विभिन्न द्विपक्षीय पहलको कार्यान्वयन तथा विशेष गरी आगामी महिना हुने प्रधानमन्त्री शाहको उच्चस्तरीय भ्रमणको सन्दर्भमा नेपाल–भारत सहयोगलाई विभिन्न क्षेत्रमा अझ सुदृढ पार्ने सम्भावनाबारे छलफल भएको दूतावासले जनाएको छ ।

प्रधानमन्त्री शाह आउँदो मङ्सिर दोस्रो साता औपचारिक भ्रमणमा भारत जानुहुने भएको छ । नयाँ सरकार बनेपछि भारतका प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहको छिमेकी मुलुकमा हुन लागेको यो पहिलो भ्रमण हो । भ्रमणको औपचारिक मिति छिट्टै घोषणा हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिनुभयो । यसअघि सरकारका तर्फबाट पहिलो औपचारिक भ्रमणका रूपमा प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जानुभएको थियो ।

यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारतका विदेश सचिव मिश्रीले बिहीबार भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा नेपाल भारतबिच बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।  यसअघि विदेश सचिव मिश्रीले बुधबार अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलगायतसँग शिष्टाचार भेट गर्नुभएको थियो । विदेश सचिव मिश्री बिहीबारै स्वदेश फर्कनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रबार, कार्तिक २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल
एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • २.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ३.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ४.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • ६.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ७.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ८.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.