माघ २३ ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।
दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उहाँहरूबीच समसामयिक विषयवस्तु, राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको यो पहिलो पटक हो ।
तपाईको प्रतिक्रिया



