• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ५. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • ६. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • ७. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ८. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

अब फोन गर्न डाँडामा उक्लिनु पर्दैन

  •   सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित

फागुन १ ,तुलसीपुर । तुलसीपुर १९ छिल्लीकोटका प्रविर पुनले फोन गर्न डाँडोमा पुग्नुपथ्र्यो । डाँडोमा पुग्दा पनि ‘नेटवर्क’ले राम्रोसँग काम गर्दैनथ्यो तर अहिले उनको मोबाइलमा ‘फोरजी’ चल्न थाल्यो । छिल्लीकोटमै बनेको टेलिकम टावर सञ्चालनमा आएपछि उनको मोबाइलमा फोरजी चल्न थालेको हो । “पहिले फोन गर्न नै डाँडोमा पुग्नुपथ्र्यो, प्रविधिको जमाना छ, नेट चलाउन पनि डाँडामै पुग्नु पथ्र्यो”, उनले भने, “डाँडोमा पुग्दा पनि राम्रोसँग नेट चल्दैनथ्यो, तर, अहिले यहीको टावर सञ्चालनमा आएपछि घरभित्रैबाट नेट चलाउन पाइएको छ ।”

त्यस्तै सोही ठाउँका पूर्ण पुन पनि घरबाटै फोन गर्न पाउँदा निकै खुसी ् । उनले आफ्नै पहलमा टावर बनेको जनाउँदै टावर निर्माण भएपछि आफूहरुलाई निकै सहज भएको बताए । “मेरै पहलमा टावर निर्माण भएको हो, अहिले यो टावर सञ्चालनमा आएको छ”, उनले भने, “टावर सञ्चालनमा आएपछि अहिले घरबाटै फोन गर्न सकिएको छ ।”

छिल्लीकोट दाङको पर्यटकीय गन्तव्य पनि हो । त्यही फोनले काम नगर्दा समस्या हुने गरेको थियो । ‘एनसिएल’ले काम गर्ने गरेको भए पनि ‘एनटिसी’ले काम नगर्दा समस्या हुने गरेको थियो ।

अहिले उक्त टावरले ‘टुजी’ र ‘फोरजी’ सेवा प्रदान गर्दै आएको नेपाल टेलिकम तुलसीपुरका प्रमुख तिलक जिसीले बताए। टावर सञ्चालन भएसँगै तुलसीपुरको छिल्लीकोटको कुटिचौर, सक्राम, ग्वारखोला आसपास, रोल्पाको रुन्टीगढी, डुब्रिङलगायतका स्थानमा फोन सेवाको पहुँच पुगेको छ ।

लामो समयको प्रयास पछि आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टावरको शुभारम्भ गरेकी हुन् । विद्युत् नपुग्दा त्यहाँ लामो समयदेखि टेलिकमको टावर निर्माण भए पनि सञ्चालनमा आउन सकेको थिएन । सो अवसरमा उनले टेलिकमको टावर नपुग्ने ठाउँमा टावर पु¥याएर सञ्चारको पहुँचमा हरेक नागरिकलाई ल्याउने बताइन् । “अहिले पनि दाङको नाका क्षेत्र, विकट क्षेत्रमा अझै फोन सेवा सहज हुन सकेको छैन”, उनले भनिन्, “ती ठाउँमा टावर पु¥याउने मेरो पहिलो काम हुनेछ ।”

उनले ‘हाइवे’ क्षेत्रमा पनि नेटवर्कको समस्या हुँदा दुर्घटना भएको बेला उद्धारमा समस्या हुने गरेको जनाउँदै तत्काल हाइवेमा फोन सेवाको व्यवस्था मिलाउन टेलिकम कार्यालय प्रमुखलाई निर्देशन दिइसकेको बताइन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले केही छिट्टै दाङको सैघामा निर्माण भएको टेलिकमको टावर पनि सञ्चालनमा ल्याइने जानकारी दिइन् । त्यहाँ टावर सञ्चालनमा आएपछि बङ्गलाचुलीलगायतका क्षेत्रमा सहज सञ्चारको पहुँच हुने बताइएको छ ।

टेलिकमले छिल्लीकोटसहितका क्षेत्रमा निःशुल्क सिम वितरण गरेको छ । प्रमुख जिसीका अनुसार नयाँ टावर निर्माण भएको स्थानमा नमस्तेको निःशुल्क सिम वितरण गरिएको हो । प्रत्येक नयाँ टावर निर्माण भएको स्थानमा पाँच सय नयाँ सिम वितरण गरिने र आवश्यकताअनुसार सिम थप गर्न सकिने उनले बताइन् ।

सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ५.
    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा

  • ६.
    आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

भर्खरै

  • १.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • २.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • ७.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ८.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.