फागुन ४ ,काठमाडौं । ग्यास सिलिन्डर विस्फोटमा घाइते हुनुभएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।
उहाँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा १०:५७ बजे मृत्यु भएको मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले जानकारी दिनुभयो ।
बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास विस्फोट हुँदा हरिकला र सांसद भण्डारी गम्भीर घाइते हुनुभएको थियो ।
तपाईको प्रतिक्रिया


