• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ५. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ६. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • ७. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • ८. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ९. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • १०. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

ओलीसँग ढाई घन्टा वार्तापछि प्रचण्डले भने–गठबन्धन टुट्ने या भत्कने कुरै छैन

  •   शनिबार, फागुन ०६, २०७९ मा प्रकाशित

फागुन ६ , काठमाडौँ । कांग्रेसले सत्तागठबन्धन भत्किएर आफ्नो पार्टीबाट राष्ट्रपति बन्ने दाबी गरिरहेका वेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन नभत्किने र सहमतिमै राष्ट्रपतिको उम्मेदवार टुंगिने गृहकार्य चलिरहेको बताएका छन् । शुक्रबार बालकोटमा ओलीसँग सवा दुई घन्टा छलफल गरेका प्रधानमन्त्री प्रचण्डले एक–दुई दिनमै सहमतिमै राष्ट्रपतिको उम्मेदवार टुंगो लाग्ने पनि बताए ।

‘गठबन्धन अहिले नि कायमै छ, मिलेरै अघि बढ्नेछौँ, गठबन्धन टुट्ने या भत्कने कुरै छैन,’ ओलीनिवास बालकोटबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग प्रचण्डले भने, ‘राष्ट्रपतिको उम्मेदवार पनि एक–दुई दिनमा सहमतिमै टुंगो लगाउँछौँ ।’

प्रधानमन्त्री र ओलीबीच बिहीबार पनि भावी राष्ट्रपतिकै विषयमा छलफल भएको थियो । राष्ट्रपतिको उम्मेदवार मनोनयन गर्नुपर्ने १३ फागुनको समयसीमा नजिकिँदै गर्दा दुई नेताबीचको संवाद पनि बाक्लिएको छ । उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि एमाले र माओवादीबीच पूर्वसहमति कार्यान्वयनमा कुनै समस्या नरहेको दाबी गरे । ‘

नेपाली राजनीतिमा हल्ला धेरै चल्छ । हल्ला एकातिर चल्छ, घटनाक्रम अर्कोतिर अघि बढ्छ । यो तपाईंहरू सबैलाई थाहा भएकै विषय हो । हाम्रो लामो अनुभवले पनि यही बताउँछ । त्यसकारण हल्लालाई समाचार नबनाउन आग्रह गर्दछु,’ पौडेलले भने, ‘यो सहयात्रा कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन । पाँच वर्षसम्म यात्रा चल्छ । राष्ट्रपति, उपराष्ट्रपतिमा पूर्वसहमति कार्यान्वयन हुन्छ ।’

माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताइरहँदा एमालेले भने १० पुसकै सम्झौताअनुसार अघि बढ्नुपर्ने अडान राख्दै आएको छ । दुवै पक्ष आ–आफ्नो अडानमा रहँदा कांग्रेसले अहिलेको गठबन्धन टुटेर नयाँ समीकरण बन्ने दाबी गर्दै आएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीचको छलफल यथास्थितिमै रुमल्लिरहे पनि अहिलेको गठबन्धन टिकाएर राष्ट्रपतिको उम्मेदवार चयन गर्ने गरी सकारात्मक दिशामै छलफल अघि बढिरहेको बताए । ‘उहाँहरूबीचको छलफल पुरानै ठाउँमा घुमिरहेको छ, हाम्रो कोसिस भने गठबन्धन टिकाउनेतिरै छ,’ उनले भने, ‘तर, गठबन्धन जोगाउन पार्टीहरू केही न केही लचिलो हुनेछन् भन्नेमा हामी विश्वस्त छौँ ।’

शनिबार, फागुन ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ५.
    नवरात्रको नवौँ दिन : कात्तिक २ गते

  • ६.
    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा

भर्खरै

  • १.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • २.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • ७.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ८.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.