• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • २. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ३. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ७. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ८. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ९. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

३५ विधामा अवार्ड प्रदान गर्दै क्वालिटी इन्टरटेनमेन्ट अवार्ड सम्पन्न

  •   शनिबार, पुष १४, २०८० मा प्रकाशित

क्वालिटी फिल्मस् प्रा.लि.द्धारा आयोजित तथा बिलक्षण क्रियसनको व्यबस्थपकमा तेश्रो संस्करणको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२३ मलेशिया पछि बाँकी अवार्ड शुक्रबार बेलुका नाचघरमा सम्पन्न गरिएको छ । कार्यक्रममा आधुनिक गायन तर्फ उत्कृष्ट गायकको अवार्ड बलेको आगो २बाट राजकुमार सिंहले जितेका छन भने सँधै यस्तै मिठा कुरा गीतबार डेविड शँकरले जुरी अवार्ड हाँसिल गरेका छन् । यस्तै यो मायाँबाट श्रद्धा दियालीले उत्कृष्ट गायिका, यो खुसीको पलबाट बुद्धिमान थापाले उत्कृष्ट गीतकार र सँधै यस्तै मिठा कुराबाट दिपक शर्माले उत्कृष्ट संगीतकारको अवार्ड चुमेका छन् ।


गत ११ मँसिरमा मलेशियामा सम्पन्न अवार्ड समारोहमा बिजेता तय गरिए पनि शुक्रबार बेलुका काठमाडौंमा नाचघरमा एक समारोहबीच उनीहरुलाई यो अवार्ड प्रदान गरिएको हो । कार्यक्रमा आधुनिक तर्फ नै बलेको आगो २ बाट प्रभु गुरुङले उत्कृष्ट भिडियो निर्देशक अवार्ड, यही गीतबाट रोशन बस्नेतले पुरुष मोडल अवार्ड, समलिँगी गीतबाट दीपशिखा खड्काले महिला मोडल अवार्ड र बाडुल्की गीतबाट विकाश सुवेदी उत्कृष्ट पपगीत पुरुष मोडल अवार्ड हाँसिल गरे ।
यस्तै पप गीत तर्फ उत्कृष्ट गायकको अवार्ड बाडुल्कीबाट सागर जोशीले, लोकपप तर्फ उत्कृष्ट गायकको अवार्ड हिरा टललबाट राजमान तामाङले हाँसिल गरे ।
यस्तै लोक दोहोरी गीत गायकको अवार्ड फुल मायाँमा नभुलबाट राजु आरडीले, जुरी अवार्ड हेर्छन रमिताबाट तुलमान गुरुङले र पब्लिक च्वाईस अवार्ड मायाँ फिक्का फिक्काबाट गणेश सेन्चुरीले हाँसिल गरेर भने लोक दोहोरी नव गायकको अवार्ड धोको थिएनबाट रोशन तीखत्रीले र जुरी अवार्ड सुन्दर बजार कटेसी कुन्छाबाट विवेक धितालले, उत्कृष्ट गायिकाको अवार्ड सलीसली बगेको कालीबाट बसन्ती सुनारी मगरले र जुरी अवार्ड लम्जुङ दरबारबाट निमा तामाङले हाँसिल गरे । लोक दोहोरी भिडियो तर्फ पुरुष मोडलको अवार्ड कठै म बिचरोबाट इश्वर खातीले, महिला मोडलको अवार्ड हल्का तुच्चबाट पवित्रा गुरुङले, जुरी अवार्ड तिजैमा सुहाउनेबाट सरस्वती योञ्जन तामाङले, लोक दोहोरी संगीतकारको अवार्ड भोजपुरै जिल्लाबाट खगेन्द्र थामीले हाँसिल गरे । उत्कृष्ट लाईभ दोहोरी गायकको अवार्ड पानको पत्ता छबाट धिरज कोईरालाले्, जुरी अवार्ड लाईछ्यौ बेसनबाट सृजन आलेले हाँसिल गरे ।


यस्तै उत्कृष्ट लोकगीत गायकको अवार्ड पिरती छुटाएँबाट रमेश परियारले, लोकगीत गायिकाको अवार्ड लमजुङको ठाडो भाकाबाट सन्ध्या परियारले, भाषाभाषी तथा भेग विशेष गीत तर्फ लिम्बु गीतकारको अवार्ड इच्छिङमाबाट सैलेन्द्र नाल्बोले, जुरी अवार्ड सिमाना गीतबाट लिला सिलिङ मावोले, उत्कृष्ट लिम्बु गीत गायकको अवार्ड थोक्फेला २बाट सुमन लिम्बुले, जुरी अवार्ड मगर भाषाको गीत जोस लेउबाट गोपाल पुन मगर (सिङरोन)ले, उत्कृष्ट भाषाभाषी गायिकाको अवार्ड मारुम (सि यु पारती)बाट सुमित्रा बुढामगरले, उत्कृष्ट कौडागीत गायिकाको अवार्ड दमौलीको चाईना पुलबाट रमिला गुरुङले हाँले हाँसिल गरे । यस्तै यही विधामा पुरुष मोडलको अवार्ड लिम्बुगीत थोक्फेला २ बाट पूर्ण सेलिङले, पूर्वेली गीतबाट पुरुष मोडलको अवार्ड हङकङ सिँगापुर गीतबाट दीपक काम्फे सुब्बाले, महिला मोडलको अवार्ड लिम्बु गीत इच्छिङमाबाट पुष्पाञ्जली तिलिङ (चपेतीको आमा)ले प्राप्त गरे ।

यस्तै उत्कृष्ट नृत्य निर्देशकको अवार्ड मुसुक्क हाँसेबाट नेत्र बहादुर गुरुङले, उत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड बलेको आगो २बाट पुष्पा गुरुङले, छायाँकार तर्फ उत्कृष्ट छायाँकार अवार्ड फेरी तिम्ले छुरा रोपीबाट सुनिल परियारले, डायस्पोरा छायाँकारको अवार्ड बलेको आगो २बाट  सुमन श्रेष्ठले, नव छायाँकारको अवार्ड दमौलीको चाईनापुलबाट सुनिल भण्डारीले, उत्कृष्ट आधुनिक भिडियो सम्पादकको अवार्ड शिरफुलबाट बिष्णु खड्काले, लोक दोहोरी भिडियो सम्पादक अवार्ड सुन्दर बजारबाट रोशन धितालले, उत्कृष्ट टेली सृँखला अभिनेत्रीको अवार्ड नारीबाट शर्मिला शर्माले जितिन भने उत्कृष्ट बाल कलाकारको अवार्ड दुई नम्बरी गीतबाट श्रेयस पौडेल क्षेत्रीले र बाल कलाकार जुरी अवार्ड छोराछोरी बिदेशी भूमिमाबाट सम्राट दाहालले हाँसिल गरे ।
कार्यक्रममा यसपटक १५ हजार रुपैयाँ सहित रजत चलचित्र पत्रकारिता सम्मान पत्रकार बिदूर गिरीलाई र रजत कलाकारिता सम्मान निर्देशक सुचित्रा श्रेष्ठलाई प्रदान गरियो । यस्तै कार्यक्रममा सञ्चारकर्मीहरु गोपिकृष्ण चापागाईं, गीता अधिकारी, रेणुका ढकाल, गायक लोकेन तामाङ, फेशन डिजाईनर दिलमायाँ मगर, समाजसेवी मुना लिम्बु पनि सम्मानित भए ।

प्रथम अभिनेत्री भुवन चन्द, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, अग्रज गायिका तथा अभिनेत्री कविता आले लगायतले सो सम्मान तथा अवार्ड प्रदान गरेका थिए ।
यस अघि मलेशियामा घोषणासँगै त्यहा केही कलाकारलाई अवार्ड प्रदान गरिएको र मलेशिया जान नसकेका कलाकारलाई यहाँ अवार्ड समापन समारोह आयोजना गरेर अवार्ड तथा सम्मान प्रदान गरिएको आयोजक क्वालिटी फिल्मस् प्रा.लि.का अध्यक्ष एवम् चलचित्र निर्देशक उमेश गुरुङले कार्यक्रममा बताए ।  कार्यक्रममा निर्णायकहरु गायक नविन कुमार पौडेल, गीतकार शिब पौडेललगायत थिए । कार्यक्रममा गायक नविन कुमार पौडेल, डेभिड शँकरलगायतले आफ्ना गीतहरु प्रस्तुत गरेर दर्शकलाई नचाए । कार्यक्रममा सँयोजकमा सरिता भारती र व्यबस्थापकमा शनी लिम्बु थिए ।

शनिबार, पुष १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम आमनेसामने
मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध
फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग
मलेसियामा श्रम समस्या समाधान गर्न कूटनीतिक पहल

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • २.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ३.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • २.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ३.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ४.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ५.
    एनपीएलमा आज पोखरा र सुदूरपश्चिम आमनेसामने

  • ६.
    मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

  • ७.
    फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग

  • ८.
    मलेसियामा श्रम समस्या समाधान गर्न कूटनीतिक पहल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.