उदयपुरको चौदण्डीगढी नगरपालिका–१ कटरवोटेबाट प्रहरीले अवैध भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरेको छ।
आम्चोक गाउँपालिका–१० भोजपुरका २० वर्षीय समीर राई पक्राउ परेका हुन।
इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले सोमबार मोटरसाईकलमा बन्दुक बोकेर हिडेको अवस्थामा राईलाई पक्राउ गरेको हो।
सोमवार चौदण्डिगढीबाट बेल्टारतर्फ आउँदै गरेको को. १३ प ४१५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा भरुवा बन्दुक र गोली बरामद भएको प्रहरीले जनाएको छ।
राईलाई इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखिएको छ।
तपाईको प्रतिक्रिया


