थारू संस्कृति जोगाउनका पूर्वी चितवनको खैरहनीमा नवौँ खिचरा महोत्सव सुरु भएको छ । आजदेखि खैरहनी नगरपालिका–५ गौचरनमा सुरुभएको महोत्सव आगामी माघ १० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको बागमती प्रदेशका आर्थिक मालिला तथा योजना मन्त्री बाहादुरसिंह लामाले उद्घाटन गर्नुभएको छ ।
महोत्सव थारू समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारू खानाका परिकारको संरक्षण तथा प्रवद्र्धधन गर्ने उद्देश्यले आयोजना गरिएको हो । विगत नौ वर्षदेखि प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको पावन अवसरमा खिचरा महोत्सव हुँदै आएको छ । माघी पर्वका अवसर पारेर महोत्सव आयोजना गरिएको महोत्सव मूल समारोह समितिका संयोजक रामेश्वर चौधरीले बताउनु भयो । थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ ले महोत्सवको आयोजनामा गरेको हो । महोत्सव सम्पन्न गर्न दुई सय एक सदस्यीय मूल आयोजक समिति र १५ विभिन्न उपसमिति गठन गरिएको छ ।
महोत्सवमा थारु समुदायका परिकारहरु घोँगी, हाँस, माछा, अनदी चामललाई बफाएर बनाइने परिकार चिच्चर र त्यसलाई भोर्ला या केराको पातमा बेरेर बनाएको पोका बेच्न राखेका खाना र परिकारका स्टलहरु छन् । थारु समुदायका मौलिक गीत र नाँचहरु प्रसस्तै छन् । तर पछिल्लो समय ति हराउँदै जान लागेका छन् ।


