मानव ओसारपसार तथा बेचबिखनविरुद्ध बाँकेमा क्रियाशिल गैरसरकारी संस्था शुभ सन्देश सभा नेटवर्क (ज्ञान) नेपालले गत आर्थिक बर्षमा नेपालबाट भारततर्फ जाँदै गरेको शङ्कास्पद १ सय ४४ जना नागरिकलाई सिमानाकाबाट घर फिर्ता गरेको छ ।
संस्थाले शनिबार नेपालगन्जमा सम्पन्न गरेको वार्षिक प्रगति पस्तुत तथा अन्तरक्रिया कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत तिलकबहादुर नेपालीले जानकारि दिनुभयो ।
नेपालगन्जको जमुनाहा नाकामा सञ्चालन गरिएको बुथबाट गत आर्थिक बर्षमा नेपालबाट भारततर्फ जाँदै गरेका ९१ जना महिला र ५३ जना पुरुष गरि शङ्कास्पद १ सय ४४ जना नागरिकलाई परामर्श दिई भारत जान रोकेर घरतर्फ फर्काइएको छ ।
बर्षमा तीन जनालाई शक्ति समुहको सेल्टर होममा पठाइएको र एक हजार ७ सय ७३ जनालाई सिमानाकाको बुथमै सुचना तथा परामर्श सेवा प्रवाह गरिएको छ । यो आर्थिक बर्षको पुुससम्ममा ६ सय ६७ जनालाई सुचना तथा परामर्श सेवा प्रवाह गरिएको र दुई जना महिलालाई उद्दार गरि साथी संस्थामा पठाइएको छ ।
संस्थाले सञ्चलान गर्दै आएका कार्यक्रमहरुलाई निरन्तरता दिदै आगामी दिनमा मानव ओसारपसार तथा बेचबिखनको जोखिममा रहेका महिलाहरुलाई उद्दारपश्चात् आपतकालिन ट्रान्जिटका लागि यथाशिघ्र सेफ हाउस निर्माण कार्य सञ्चालन गरिने जानकारी दिनुभयो।


