पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरि नेपाल पठाइएको छ । सिदार्थनगर नगरपालिका वडा नं.८, बुद्धपथ, भैरहवाका २३ बर्षिय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरि नेपाल पठाइएको हो ।
एनआरएनए क्यानडाका कार्यसमिति सदस्य कमल ज्ञवालीले आइतबार दिउँसो ४ बजे श्रेष्ठको उद्दार गरेका थिए । एनआरएनए क्यानडाका कार्य समिति सदस्य ज्ञवालीले नेपालमा श्रेष्ठको परिवारलाई सम्पर्क गरि हिजो नेपाल पठाएका थिए । कतार एयरवेज मार्फत उनी आज बुधबार बिहान काठमाडौं पुगेको ज्ञवालीले जानकारी दिए । श्रेष्ठको उद्धार गर्नको लागि क्यानडामा रहेका अजय कार्कीको सहयोग रहेको ज्ञवालीले बताए ।
क्यानडा प्रहरीले श्रेष्ठलाई बेवारिसे अवस्थामा भेटेर सिबिक हस्पिटल, ब्राम्पटन पुर्याएको जानकारी पाए लगत्तै ज्ञवालीले उनको उद्धार गरि नेपाल पठाउन सफल भएको बताए । उनि आज बिहान ९ बजे नेपाल पुगेको र एयरपोर्टबाट उनको परिवारजनले भेटेर जिम्मा लिएको ज्ञवालीले जानकारी दिए ।



