• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

नेपाल–भारत सीमा नाकामा सुरक्षा चेकजाँच कडाइ

  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित

भारतको अयोध्यामा हुन लागेको ‘श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान’ र ‘गणतन्त्र दिवस’ को पूर्वसन्ध्यामा यहाँस्थित नेपाल–भारत नाकामा सुरक्षा चेकजाँच कडा पारिएको छ ।

माघ ८ गते सोमवारका दिन अयोध्यामा हुने श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान र माघ १२ गते (२६ जनवरी) मा हुन लागेको गणतन्त्र दिवस कार्यक्रमलाई मध्यनजर गर्दै नेपाल–भारत नाकामा दुवै देशका सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा पारेका हुन् ।

पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका जमुनाहा नाकामा नेपाली सुरक्षाकर्मी र भारतीय सुरक्षा निकाय एसएसबी दुवैले सुरक्षा जाँचमा कडाइ गरेको जनाइएको छ ।

सोमवार अयोध्यामा हुने श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ लगायत सयौँ वरिष्ठ नेता र मन्त्रीहरूको सहभागिता रहने बताइएको छ ।

सीमा नाकामा सुरक्षा कडा पार्ने निर्देशन आएकाले सोहीअनुरूप गरिएको भारत रुपैडिहाका थाना प्रमुख शमशेर सिंहले बताउनुभयो । सोही कारणले अहिले नाकामा चेकजाँच अति नै कडा पारिएको र दुवै देशका सुरक्षाकर्मीले साइड नाकामा संयुक्त गस्ती पनि गरिरहेको बताउनुभयो ।

यता, नेपाली सुरक्षा अधिकारीले पनि भारतीय सुरक्षा अधिकारीको आग्रहमा नेपालतर्फको नाकामा पनि सुरक्षा चेकजाँचलाई कडा पारिएको जनाएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अयोध्यामा श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान कार्यक्रम र गणतन्त्र दिवसको अवसरमा सुरक्षा व्यवस्था कडा बनाउन भारतीय पक्षले आग्रह गरेकोले सोही बमोजिम सुरक्षा निगरानी बढाइएको बताउनुभयो ।

यसैबिच नाकाको सुरक्षा व्यवस्थाबारे जानकारी लिनुका साथै थप निर्देशन दिने उद्देश्यले नेपाल र भारतका जिल्ला सुरक्षा प्रमुखहरूले सीमा नाकाको निरीक्षण गर्नुभएको छ ।

नेपाल र भारतको सीमावर्ती जिल्लाका प्रहरी र प्रशासन प्रमुखले नेपाल–भारत जमुनाहा नाका र रुपैडिहा नाकामा पुगेर सुरक्षा व्यवस्था निरीक्षण गरेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

सीमा नाकाको निरीक्षण र अनुगमनमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोरा, भारत बहराइचका डिस्ट्रिक्ट मजिस्ट्रेड मोनिका रानी र प्रहरी प्रमुख एसपी वृन्दा शुक्लालगायत नाकाका सुरक्षा अधिकृतहरूको सहभागिता थियो ।

आइतबार, माघ ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.