आदिवासी जनजाति आयोगले आफ्ना समुदायको ज्ञान, सिपसम्बन्धी छुट्टै शिक्षालयको व्यवस्था गर्नुपर्ने आयोगका अध्यक्ष रामबहादुर थापामगरले बताउनु भयो ।
आदिवासी जनजातिहरुको ज्ञान र सीप सम्बन्धी छुट्टै शिक्षालयको व्यवस्था गर्न आवश्यक रहेको उहाँले बताउनु भयो । आइतबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकका बोल्दै उहाँले विद्यार्थी संख्या पुगेन भन्दैमा विद्यालय नै हटाउने कानुनी व्यवस्था तत्काल हटाउन पनि सरकारलाई सुझाव दिनुभएको छ ।
अध्यक्ष थापामगरले जिल्ला शिक्षा कार्यालयको व्यवस्था अव गर्न नहुनेतर्फ पनि सरकारलाई सचेत गराउनु भयो । पालिकाहरुको अधिकार कटौती हुने भएकाले पनि जिल्ला शिक्षा कार्यालयको व्यवस्था गर्नुपर्ने आवश्यकता नभएको उहाँको तर्क थियो ।
अध्यक्ष थापामगरले विद्यार्थी जनसंख्याको आधारमा राज्यका निकायहरुमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।


