• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ३. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

पाल्पा जिप दुर्घटना अपडेटः मृतकको संख्या दश पुग्यो, १६ जना घाइते

  •   बुधबार, फागुन ०२, २०८० मा प्रकाशित

पाल्पा ,फाल्गुन २- पाल्पामा मंगलबार बेलुकी दश जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाको मुख्य कारण जिर्ण बाटो र क्षमताभन्दा झण्डै दोब्बर यात्रु सवार रहेका कारण भएको प्रहरीको प्रारम्भिक अनुशन्धानले देखाएको छ । उपचारको क्रममा थप दुईको मृत्यु भएपछि मृतकको संख्या बढेर दश पुगेको छ ।

१५ यात्रुको सिट क्षमता भएको मुस्ताङ्ग जिपमा चालकसहित २७ जना यात्रु सवार थिए । जिल्लाको तिनाउ गाउँपालिका वडा नं ६, चिदिसको लुम्पेकडाँडामा भएको जीप दुर्घटनामा स्थानीय दश जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिसको सिखरडाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको मुस्ताङ जिप यो रुटमा विगत दश वर्षदेखि नियमित चल्दै आएको थियो । यस सडकलाई जिप पुरानै भए पनि बिडम्बना लुम्पेक डाँडामा हिजो मंगलबार बेलुकी ४ बजेर ५० मिनेटमा ठुलो आवाज सहित करिब तीन सय मिटर तल सडकमा आएर जिप बजारिन पुग्यो ।

जुन दुर्घटनाबाट एकै गाउँका चार जनासहित आफन्ती भेट्न पुगेका श्रीमनश्रीमतीले ज्यान गुमाएका छन् । स्थानीय दिनेश घिमिरेका अनुसार सो रुटमा नियमित चल्ने जिप भएपनि उकालो घुम्तीमा बढी लोड भएका कारण जीप ब्याक भएर दुर्घटना भएको बताउनुभयो ।

जीप ब्याक भएपछि चालक तानसेन-१० आमडाँडाका ४६ वर्षीय दानबहादुर चिदी पहिले नै झरेका कारण उनी बच्न भएका छन् । कच्ची बाटो त्यसमा उकालो घुम्ती रहेका कारण जीपको पट्टा भाँचिएको चालकले प्रहरी समक्ष बयान दिएका छन् ।

तिनाउ गाउँपालिका-६ का वडा अध्यक्ष टोम बहादुर पुनका अनुसार उकालोको घुम्तीमा धेरै लोड भएका कारण गाडी व्याक भई दुर्घटना भएको हुनसक्ने बताउनुभयो ।

जिल्ला प्रहरी पाल्पाका प्रमुख प्रहरी उपरिक्षक एसपी हेरम्ब शर्माले उकालो, घुम्ती र बढी क्षमताकै कारण घटना भएको प्रारम्भिक निष्कर्षमा पुगिएको जानकारी दिनुभयो । दुर्घटनामा घाइते १६ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईराखेको छ ।

मृतकको सनाखतमा मंगलबार राति मात्र भएकोले आज विहानबाट मात्र शवको पोष्टमार्ट सुरु गरेर आफन्तलाई बुझाउने तयारी थालिएको पाल्पा प्रहरी प्रमुख शर्माले बताउनुभयो ।

 

मृतकमध्ये जिल्लाको तिनाउ गाउँपालिका ६ मस्यामका ६७ वर्षीय कृष्णबहादुर अस्लामी, ३९ वर्षीय रामबहादुर अस्लामी, २८ वर्षीय उर्मीला अस्लामीको र ६० वर्षीय यन कुमार पन्त रहनुभएको छ ।

यस्तै जिल्लाको रिब्दीकोट गाउँपालिका १ ख्याहाकी ६६ वर्षीय विष्णुकला विश्वकर्मा, सोही स्थानकी ६१ वर्षीय दिल कुमारी सुनार र तिनाउ गाउँपालिका २ की २० वर्षीय गीता सुनारको पनि मृत्यु भएको हो ।

यता आफन्त भेट्नका लागि हिंडेका रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ का ७० वर्षीय चन्द्र बहादुर राणपाल र ६० वर्षीय चुना रणपालको पनि दुर्घटनामा परि ज्यान गएको छ । चन्द्र र चुना श्रीमान श्रीमती रहेको खुलेको प्रहरीले जनाएको छ ।

यसैगरि रुपन्देहीको देबदह नगरपालिका ५ बस्ने वर्ष २९ की दिलमाया जिसीको पनि मृत्यु भएको पाल्पा प्रहरीले पुष्टी गरेको छ ।

जिप दुर्घटनामा जिल्लाको तिनाउ-२ खुर्शाने बस्ने वर्ष २० की गिता सुनारका ३६ दिनको नवजात शिशु स्वस्तिका सुनारसहित १६ जना घाइते भएका छन् । घाइतेको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.