पर्साको वीरगञ्जमा लगाइएको कर्फ्यू केही समयका लागि हटाइएको छ। कर्फ्यू बिहान ६ बजेदेखि १० बजेसम्मका लागि हटाइएको हो।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सोमबार बेलुका सूचना जारी गरी मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाइएको जानकारी दिएका छन् । १० बजेपछि भने कर्फ्यू यथावत् रहने सूचनामा उल्लेख छ।

रौतहटमा भएको झडपको विषयमा दिउँसो प्रदर्शन भएपछि हिंसा भड्कन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले सोमबार अपराह्न ५ बजेदेखि वीरगञ्जका केही भागमा अनिश्चितकालीन कर्फ्यु लगाएको थियो ।
वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यू लगाइएको हो।
तपाईको प्रतिक्रिया


