• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ५. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

कोरियामा ई-सेभन भिसा खोल्दै सरकार, झण्डै ४ लाख तलब

  •   बिहिबार, फागुन १०, २०८० मा प्रकाशित

दक्षिण कोरियाले विशेष सीप भएका विदेशी दक्ष कामदारहरूलाई लाने गरेको ई-सेभन भिसाबाट नेपालीहरूलाई पनि पठाउन पहल भइरहेको अधिकारीहरूले बताएका छन्।

यस्तो भिसामार्फत् लगिने नेपाली कामदारहरूका लागि कोरियाली कामदारसरह ३,००० डलर ९झन्डै चार लाख नेपाली रुपैयाँ० मासिक तलब हुनुपर्ने प्रस्ताव नेपालले राखेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले बताएका छन्।

यस्तो भिसामा जाने कामदारहरूले निश्चित प्रक्रिया पूरा गरेपछि परिवार पनि दक्षिण कोरिया लैजान पाउने र त्यहाँ लामो समयसम्म बस्न पाउने सुविधा पाउँछन्।

दक्षिण कोरियाले त्यहाँका व्यावसायिक तथा औद्योगिक क्षेत्रका लागि आवश्यक विशेष सीप भएका कामदारहरूलाई यस्तो भिसा दिने गरेको छ।

“अहिले २,५०० जना दक्ष कामदारका लागि नेपाली दूतावासमा आएको माग मन्त्रालयमा आइपुगेको छ। कामदारका लागि न्यूनतम सुविधा र सकेसम्म कम लागत हुने सुनिश्चितता गरेर हामीले यो प्रक्रियामार्फत् नेपाली कामदार जाने बाटो खोल्न काम गरिरहेका छौँ,” प्रवक्ता पोखरेलले भने।

कोरियाले ईपीएस प्रणालीमार्फत् कामदार लगिरहेका नेपालजस्तै अन्य १५ देशबाट ई-सेभन भिसामा पनि दक्ष कामदारहरू लैजान सुरु गरिसकेको छ।

नेपालले भने यसअघि कामदार पठाइरहेको ईपीएसजस्तै दुवै देशका सरकारबीचको सम्झौताबाट कामदार पठाउने प्रस्ताव गरेका कारण ढिलो भएको बताइएको छ।

जाने प्रक्रिया के हुन्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दक्षिण कोरियाली मापदण्डको तलब सुविधा हुने सुनिश्चित गरेर निजी स्तरबाट भए पनि पठाउन निर्देशन दिएपछि प्रक्रिया अघि बढिरहेको मन्त्रालयका अधिकारीहरूले बताए।

“यस्तो भिसामा बीटूबी (निजी क्षेत्रबीचको साझेदारी) मोडलबाट मात्रै कामदार लैजान सकिने भन्ने कोरियाली पक्षको कुरा आएपछि हामीले श्रमिकलाई बढी भार नपरोस् भन्नेतर्फ पहल गरिरहेका छौँ,” पोखरेलले भने।

यस्तो भिसा लिएर जाने नेपालीहरू ईपीएसजस्तो सरकारी प्रक्रियामार्फत् नभई म्यानपावर व्यवसायीहरूका माध्यमबाट जानुपर्ने र त्यसका लागि कामदारले गर्ने खर्च दुई लाख रुपैयाँभन्दा कममै सीमित गर्न पहल भइरहेको पोखरेल बताउँछन्।

निश्चित सीप भएका कामदारहरूलाई नेपालमै आएर उनीहरूको अनुभव वा सीप परीक्षणका आधारमा लैजाने विषयमा दक्षिण कोरिया सकारात्मक देखिएको बताइएको छ।

“जस्तो कोरियाको हुन्डाई कम्पनीका लागि दक्ष कामदार चाहियो भने ती कम्पनीका प्रतिनिधि नै नेपाल आएर सीप परीक्षा लिन्छन् र उत्तीर्ण भएकाहरूलाई छनोट गर्छन्,” कामदार लैजाने विधिबारे पोखरेलले भने।

ईपीएसभन्दा कसरी फरक
दक्षिण कोरियामा इलेक्ट्रोनिक, मेकानिकल, पेन्टिङ, केअरगिभर, होटल तथा रेस्टुराँजस्ता क्षेत्रमा विशेष सीप भएका नेपाली कामदारहरू पठाउन सकिने मन्त्रालयको पूर्वानुमान छ।

“अहिले दक्षिण कोरियाले विश्वभरिबाट पानीजहाज बनाउने कामको ठेक्का लिइरहेका कारण नेपाली कामदारहरुको माग पनि सीप बिल्डिङका लागि वेल्डिङजस्ता काममा माग आएको छ। पछि अन्य क्षेत्रमा पनि हामीले कामदार पठाउन सक्ने देखेका छौँ,” पोखरेलले भने।

अहिले नेपाली कामदारहरू ईपीएस प्रणालीबाट कोरियाको साना तथा मझौला उद्योगहरूमा काम गर्न जाने गरेका छन्। यस्तो कामका लागि नेपालीहरूले ई-नाइन भिसा पाउने गरेका छन्। त्यो प्रकारको भिसा लिएर जाने नेपालीहरूले पनि निश्चित समयपछि आफ्नो भिसा परिवर्तित गरेर ई-सेभन बनाउन सक्छन्।

ई-सेभन भिसा लिएर जाने नेपालीहरूले भने ठूला उद्योग र व्यावसायिक घरानाहरूमा काम पाउने मन्त्रालयले जनाएको छ।

दक्षिण कोरियाले बर्सेनि १०,००० भन्दा बढी नेपाली कामदार ई-सेभन भिसामार्फत् लैजान सकिने सङ्केत दिएको पोखरेलले बताए।

धेरैजसोलाई दिइने ई-सेभन भिसाको अवधि तीन वर्षको र केहीलाई पाँच वर्षसम्म हुन सक्छ। यस्तो भिसा लिएका कामदारहरूको करार अवधि पनि सहजै थप हुने र कामदारले चाहेसम दक्षिण कोरियामै बस्न पाउने बताइएको छ।

ई-सेभन भिसा पनि चार प्रकारका हुने कोरियाली विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख छ।

ई-सेभन वनस् डेभलपर, सेल्स र जनसम्पर्कका क्षेत्रमा काम गर्नेहरूलाई दिइन्छ
त्यस्तै ईई-सेभन टूस् शेफ, कुक र स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूलाई दिइन्छ
ई-सेभन थ्रीस् वेल्डिङ र पेन्टिङका क्षेत्रमा सीप भएकाहरूले पाउँछन्
ई-सेभन फोरः निर्माण र उत्पादनका क्षेत्रमा विशेष सीप भएका कामदारहरूलाई दिइन्छ
यस्तो भिसा लिएर जानेहरूको मासिक तलब न्यूनतम २७ लाख कोरियन वोन अर्थात् दुई लाख ६०,००० रुपैयाँ भन्दा बढी हुने कोरियाली निकायहरूको वेबसाइटमा उल्लेख छ। तर नेपालको श्रम मन्त्रालयले भने पारिश्रमिक चार लाख रुपैयाँजति हुने जनाएको छ।

परिवारका सदस्य पनि लैजान पाइने
यस्तो भिसामा जानेहरूले आफ्नो परिवारका सदस्यलाई पनि कोरिया लैजाने सुविधा पाउँछन्।

कोरियाको विदेश मन्त्रालयका अनुसार ई-सेभन भिसा भएका कामदारहरूले पति वा पत्नी र छोराछोरीलाई डिपेन्डन्ट भिसामा दक्षिण कोरिया लैजान सक्छन्।

“यसमा कोरियाली कामदारसरह तलब र ओभरटाइमको सुविधाका साथै परिवार लैजान पाउने पनि सुविधा हुन्छ,” मन्त्रालयका प्रवक्ता पोखरेलले भने।

यसअघि नै अन्य भिसामा गएका नेपालीहरूले पनि ई-सेभन भिसा लिएर काम गरिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।

“निश्चित मापदण्ड पुगेका नेपाली कामदारहरूले ईपीएसबाट गएर पनि यस्तो भिसामा रूपान्तरण गर्छन्।

यस्तो भिसा भएकालाई राम्रो काम, थप पारिश्रमिक अनि परिवार लैजाने सुविधा हुने रहेछ,” घिमिरेले भने।

कसले पाउन सक्छन् यस्तो भिसा
दक्षिण कोरियामा हाल लक्षिणपूर्वी एशियाका बाङ्ग्लादेश, फिलिपिन्स लगायतका देशहरूबाट ई-सेभन भिसामा कामदारहरू गइरहेको बताइएको छ।

नेपालबाट ई-सेभन भिसामार्फत् कामदार लैजानका लागि गरिएको माग स्वीकृत नभए फिलिपिन्स लगायतका देशबाट त्यस्ता कामदार लैजाने कोरियाली पक्षको भनाइ रहेको पोखरेलले बताए।

“मेहनती र इमान्दार भएका कारण कोरियाली रोजगारदाताहरूले नेपाली कामदार नै मन पराएको देखिन्छ,” उनले भने।

सन् २०२३ का लागि दक्ष कामदारहरूका लागि दिइने ई(सेभन भिसाबाट १२,००० जना लगेको विभिन्न विवरणहरूमा उल्लेख छ।

दक्षिण कोरियाको अर्थ मन्त्रालयले ज्यानुअरी ४ मा सार्वजनिक गरेको सन् २०२४ को आर्थिक नीतिसम्बन्धी निर्देशिकामा यो वर्ष कोरियाले गत वर्षभन्दा थप एक लाख विदेशी कामदारहरू लैजाने उल्लेख छ।

कोरिया रोजगारीको अवसर सदुपयोग गर « Bagmati Online

भिसा फेर्न पाइने सुविधा
सन् २०२३ मा दक्षिण कोरियाले विभिन्न क्षेत्रमा एक लाख ७०,००० विदेशी कामदार लगेको थियो।

यो वर्ष त्यसरी लगिने कामदारको सङ्ख्या दुई लाख ६०,००० पुर्‍याइने उक्त नीतिमा उल्लेख छ।

नेपालसहित १६ वटा देशबाट कोरियाले ईपीएस प्रणालीबाट साना तथा मझौला उद्योग र कृषि क्षेत्रमा कामदार लाने गरेको छ।

उनीहरूलाई ई-नाइन भिसा दिइने गरिएको विभागका महानिर्देशक घिमिरेले बताए।

उनका अनुसार यस्तो भिसामा कोरिया गएका नेपाली कामदारहरूले पनि निश्चित समय काम गरेपछि आफ्नो भिसालाई ई-सेभनमा रूपान्तरण गर्न सक्छन्।

कोरियाली सरकारका निकायहरूमा उल्लिखित विवरणहरूका नुसार ई-नाइन भिसामा पाँच वर्ष वा त्यसभन्दा बढी समय कोरिया बसेका कामदारहरू ई-सेभन भिसाको आवेदनका लागि योग्य हुन्छन्।

त्यस्तै कोरियामा उच्च शिक्षा अध्ययनका लागि पुगेका विदेशीहरूले पनि अध्ययन पूरा गरेपछि ई-सेभन भिसाको लागि आवेदन दिन सक्छन्।

धमाधम मौषमी कामदारको रुपमा श्रमिक कोरिया पठाउँदै स्थानीय तह, कसले गर्ने नियमन ? « Bagmati Online

कामदारको बढ्दो माग
त्यहाँको सरकारले पछिल्लो समय देखिएको दक्ष कामदार अभावको समस्या सम्बोधनका लागि यसको मापदण्ड अझै खुकुलो बनाउने तयारी गरिरहेको विवरण आएका छन्।

ब्याङ्क अफ कोरियाको एक प्रतिवेदनलाई उद्धृत गर्दै कोरिया इकोनमिक डेलीमा प्रकाशित एक समाचारअनुसार आगामी १० वर्षमा कोरियामा करिब दुई लाख ४०,००० दक्ष कामदारले उमेरका कारण अवकाश पाउँदा कामदारहरूको ठूलो माग हुने छ।

दक्षिण कोरियाको कुल जनसङ्ख्याको आधा मानिस सन् २०७० मा ६५ वर्ष वा त्यसभन्दा धेरै उमेरका हुने प्रक्षेपण गरिएको छ।

बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.