• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ५. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

हरेक वस्तु आफैँ विलीन हुने ब्ल्याक होल, जसले दैनिक सूर्याकारको बस्तु निल्छ

  •   शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित

वैज्ञानिकहरूले अहिलेसम्म थाहा भएकामध्ये सबैभन्दा चहकिलो वस्तु सुदूर अन्तरिक्षमा पत्ता लागेको बताएका छन्।

त्यो ‘क्वेजार’ एउटा विशाल ब्ल्याक होलबाट ऊर्जा प्राप्त गर्ने आकाशगङ्गाको मध्यभाग हो। उक्त ब्ल्याक होलको पिण्डमान हाम्रो सूर्यको भन्दा १७ अर्ब गुना बढी छ।

उक्त क्वेजारलाई वैज्ञानिकहरू जे०५२९-४३५१ (J0529-4351) नामकरण गरेका छन्।

चिलेस्थित ‘भेरी लार्ज टेलिस्कोप’ (भीएलटी) बाट गरिएका अवलोकनबाट उक्त खगोलीय वस्तु कति शक्तिशाली छ भन्ने पुष्टि भएको हो।

वैज्ञानिक जर्नल ‘नेचर अस्ट्रोनमी’मा प्रकाशित एउटा सामग्रीमा वैज्ञानिकहरूले उक्त ब्ल्याक होल “निकै खन्चुवा” भएको र त्यसले प्रत्येक दिन एउटा सूर्यको जति पिण्डमान निल्ने जानकारी दिएका छन्।

जे०५२९-४३५१ धेरै वर्षअघि तथ्याङ्कमा उल्लेख भएको थियो। तर त्यसको वास्तविक स्वभाव बल्ल अहिले पत्ता लागेको हो।

“हामीले एउटा यस्तो वस्तु पत्ता लगाएका छौँ जसबारे पहिला वास्तविक कुरा थाहा थिएन। वर्षौँदेखि त्यो हाम्रा आँखाअगाडि थियो किनभने त्यो सम्भवतः मानवजाति अस्तित्वमा आउनुअघिदेखि नै तेजिलो भएर चम्किरहेको छ,” अस्ट्रेलियन न्याश्नल यूनिभर्सिटीका क्रिस्टियन वुल्फले बीबीसी न्यूजसँग भने।

“तर अहिले हामीले यसलाई चिनेका छौँ, हाम्रो आकाशगङ्गामा अगाडि नै देखिने तारा भएकाले हैन बरु सुदूरवर्ती वस्तुका रूपमा।”

खगोलशास्त्रीहरू एक प्रकारको एक्टिभ गल्याक्टिक न्यूक्लिअस (एजीएन) लाई क्वेजार भन्छन्।

क्वेजार तारापुञ्जको निकै ऊर्जावान् मध्यभाग हो र पदार्थहरूलाई तीव्र गतिमा आफूतिर तान्ने एउटा निकै ठूलो ब्ल्याक होलले यसलाई ऊर्जा प्रदान गर्छ।

 

ब्ल्याक होलले तानेको पदार्थ तीव्र गतिमा त्यसवरिपरि पुग्दा टुक्रिन्छ र ठूलो परिमाणमा प्रकाश निस्किन्छ। प्रकाश यति धेरै हुन्छ कि जे०५२९-४३५१ जस्तो टाढा रहेको वस्तु पनि पृथ्वीबाट देखिन्छ।

यो क्वेजारबाट १२ अर्ब वर्षअघि उत्पन्न प्रकाश भीएलटीस्थित डिटेक्टरहरूले पत्ता लगाएका हुन्।

यो खगोलीय वस्तुसँग सम्बन्धित सबै कुरा अद्भुत छन्।

वैज्ञानिकहरूका अनुसार यसबाट उत्सर्जन हुने ऊर्जाका कारण यो क्वेजार सूर्यभन्दा ५,००० खर्ब गुना उज्यालो छ।

त्यो प्रकाश सात प्रकाशवर्ष लामो व्यास भएको एउटा तातो संवृद्ध चक्राकार स्थान (एक्रिशन डिस्क) बाट निस्किन्छ। त्यो भनेको सूर्यबाट वरुण ग्रहको कक्षको दूरीको झन्डै १५,००० गुना हो।

सबै तारापुञ्जमा तिनको मध्यभागमा एउटा विशालकाय वस्तु भएको पाइन्छ। त्यसको अर्थ सम्भवतः त्यस्ता वस्तुहरू ती तारापुञ्जको विकासका लागि मूलभूत तत्त्व हुन्।

“साधारण भाषामा भन्नुपर्दा ती ब्ल्याक होलबिना हाम्रो आकाशगङ्गा आज हामीले जानेको स्वरूपमा हुँदैनथ्यो। वास्तवमा आफ्ना अतिविशालकाय ब्ल्याक होलबिना सबै तारापुञ्ज नितान्त भिन्न थिए। वास्तवमा सबै तारापुञ्जहरू यी अतिविशालकाय ब्ल्याक होलवरिपरि बनेको हुने सम्भावना पनि छ,” एएनयूमा विद्यावारिधि गर्दै गरेका साम्युअल लाईले भने।

उनी भर्खरै प्रकाशित शोधपत्रका सहलेखक हुन्।

केही ब्ल्याक होलहरू ब्रह्माण्डमा त्यति चाँडै त्यति ठूला भए होलान् भन्ने प्रश्न उठ्छ।

उक्त प्रश्नले वैज्ञानिकहरूलाई महा विस्फोट ‘बिगब्याङ’ पछि ताराहरूको उत्पत्ति हुनुअघि नै ग्यासबाट ब्ल्याक होल बनेको हुन सक्ने सम्भावनाबारे विचार गर्न लगाएको छ।

ब्ल्याक होल के हो?
ब्ल्याक होल अन्तरिक्षको त्यस्तो क्षेत्र हो जहाँ हरेक वस्तु आफैँ विलीन हुन्छ

त्यहाँ गुरुत्वाकर्षण यति शक्तिशाली हुन्छ कि त्यहाँबाट प्रकाश पनि निस्किन सक्दैन

केही ठूला ताराहरू विस्फोट भएपछि ब्ल्याक होल बन्छ

केही ब्ल्याक होल निकै विशाल हुन्छन्। तिनको पिण्डमान हाम्रो सूर्यभन्दा अर्बौँ गुना बढी हुन्छ

ब्ल्याक होल किन आकाशगङ्गाको बीचमा हुन्छन् भन्ने कारण पत्ता लागेको छैन

तर यिनले आकाशगङ्गालाई ऊर्जा दिने र यसको विकासलाई असर पार्ने विषय स्पष्ट छ

शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.