• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

कीर्तिमानी पर्वतारोहीद्वारा इजिप्टमा नेपालको पर्यटन प्रवर्द्धन

  •   शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित

कायरो ,फागुन १८ । नेपाली राजदूतावास कायरोको आयोजनामा फेब्रुअरी २८ तारिखका दिन हिमालमा प्रकृति र साहसी यात्राको खोज नामक नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा प्रसिद्ध सगरमाथा आरोही गेल्जे शेर्पा र आद्रियाना ब्राउनलीको प्रस्तुति रहेको थियो ।

साथै गत वर्ष नेपालमा गरेको ट्रेकिङको अनुभवबारे कायरो अमेरिकन कलेजका प्राचार्य तथा शिक्षाविद् डा ज्यारेड ह्यारिस र सिङ्गिङ्ग बाउलको उपचारात्मक महत्वबारे नेपालमा तालिम लिनुभएका शिक्षाविद् कोर्टनी बेलीले वर्णन गरेका थिए

सो अवसरमा इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपालको अनुपम सांस्कृतिक र प्राकृतिक सम्पदाबारे संक्षिप्त चर्चा गरे । साथै उनले इजिप्टमा नेपालको पर्यटन प्रवर्द्धनका लागि गरिएका प्रयासबारे प्रकाश पार्दै दुई देशबीचको जनस्तरको सम्बन्ध विस्तारका लागि इजिप्सियन मिडियाको सहयोगका लागि धन्यवाद प्रकट गरे।

कार्यक्रममा इजिप्टका भ्लग्गर र इन्फ्लुएन्सर, कलाकार, शिक्षा, संस्कृति र पर्यटनसँग सम्बन्धित व्यक्तित्वहरू, विदेशी कूटनीतिज्ञ, एयरलाइन्स, टिभी च्यानल एवं पत्रपत्रिकाका प्रतिनिधिका आदि गरी करिब ७० जना व्यक्तिको सहभागिता रहेको थियो ।

कार्यक्रममा फेब्रुअरी २७ र २८ तारिखका दिन आयोजित इजिप्टका बालबालिकाका आँखामा नेपालको तस्वीर नामक चित्रकला प्रतियोगितामा छनोट भएका उत्कृष्ट चित्रहरूको प्रदर्शनी पनि गरिएको थियो । इजिप्टको बालसंस्कृति केन्द्रको सहआयोजनामा आयोजित सो प्रतियोगितामा तीन सयभन्दा बढी इजिप्सियन विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा बालबालिकाले नेपालको कला, संस्कृति, इतिहास, प्राकृतिक सम्पदा र जनजीवन झल्किने पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, तलेजु भवानी, हिमाल, बुद्ध, कुमारी आदिको तस्वीर उतारेका थिए ।
फेब्रुअरी २७ का दिन चित्रकला प्रतियोगिताका अवसरमा राष्ट्रिय बालसंस्कृति केन्द्रका प्रमुख तथा सुप्रसिद्ध बालसाहित्यकार मुहम्मद नासेफले कार्यक्रमले दुवै देशबीचको जनस्तरको सम्बन्ध थप प्रवर्द्धन गर्न मद्दत पुग्ने धारणा प्रकट गरे। साथै उनले इजिप्टका संस्कृतिमन्त्री महामहिम नेभिन एलकिलानीले प्रतियोगिताको सफलताका लागि हार्दिक शुभकामना पठाएको उल्लेख गर्दै कार्यक्रमले इजिप्टका बालबालिकालाई नेपालको भौगोलिक विशेषता, प्राकृतिक सौन्दर्य र अनुपम संस्कृतिबारे जानकारी प्राप्त गर्ने अमूल्य अवसर प्रदान गरेको धारणा व्यक्त गरे ।

अरब गणतन्त्र इजिप्टका लागि नेपालका राजदूत सुशीलकुमार लम्सालले इजिप्टका बालबालिकामाझ नेपालको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक विशिष्टता तथा नेपाल–इजिप्ट सम्बन्धबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले प्रतियोगितामा पहिलोदेखि दशौँ स्थानसम्म हासिल गर्ने विद्यार्थीलाई पदक तथा सहभागी विद्यार्थीलाई प्रशंसापत्र प्रदान गरेका थिए । उक्त कार्यक्रममा इजिप्सियन नृत्यसहितको सांस्कृतिक कार्यक्रम, नेपाली कलाकृति तथा हस्तकला तथा बालसंस्कृतिसँग सम्बन्धित विविध विषयवस्तुको प्रदर्शनी गरिएको थियो ।

शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.