पशुपती क्षेत्रमा महाशिवरात्रि मेलाका लागि ४ हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ सुरक्षाकर्मी परिचालन गरेको हो ।
तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गरिएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताउनु भयो । सुरक्षाकर्मी गएराति राति १० बजेदेखि खटेका छन्, उनिहरु फागुन २६ गतेसम्म खट्नेछन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा उक्त सुरक्षा योजना बनाइ सुरक्षाकर्मि परिचालन गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा उक्त टोली खटेको छ । आपतकालीन अवस्थामा उद्धार टोली र एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ।


