काठमाडौं ,चैत्र २५ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर अस्पताललाई एकेडेमिक सेन्टर बनाउन पहल गर्ने बताए । आज भरतपुर अस्पतालको ५९ औँ वार्षिकोत्सवको अवसरमा अध्यक्ष प्रचण्डले अस्पतालको विकासमा गर्नुपर्ने सम्पूर्ण कायमा आफ्नो पहलकदमी रहने बताए ।

उनले भने, ‘डडेलधुरामा जस्तै यस अस्पताललाई एकेडेमिक सेन्टर बनाउन, एमआरआईलगायत उपकरण भित्र्याउन मेरो पहल हुन्छ ।’डेल्धुरा अस्पताललकै मोडेलमा भरतपुर अस्पताललाई पनि मेडिकल कजेज बनाउन आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य र शिक्षा मन्त्रालय, सम्बन्धित अस्पतालको त्रिपक्षीय सम्झौता गरेर डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न लागिएको दाहालको भनाई छ ।

उहाँले अगाडि भन्नुभयो “प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा स्वास्थ्य, शिक्षा मन्त्रालय, सम्बन्धित अस्पताल, लगायतको त्रिपक्षीय सम्झौता गरेर सुदुरपश्चिम विश्वविद्यालयको मेडिकल कलेजको रुपमा विकास गर्ने एउटा मोडालिटी तयार भएको छ ।” उहाँले थप्नुभयो “ भरतपुर अस्पताललाई पनि सेन्टर अफ एक्सिलेन्सको रुपमा एकेडेमिक सेन्टरको रुपमा त्यही मोडालिटी अनुसार मेडिकल कलेज बनाउन मैले यहाँबाट फर्केर गएपछि प्रधानमन्त्रीजीलाई भन्ने छु ।”

कार्यक्रममा भरतपुर अस्पताल विकास समिति अध्यक्ष डा भोजराज अधिकारी र निमित्त मेडिकल सुपरिटेण्डेण्ट प्राडा सुनिलमणि पोखरेलले अस्पतालको विषयमा जानकारी दिएका थिए । न्यून जनशक्तिका कारण उपचारमा कठिनाई भएको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, प्रदेश सभा सदस्य विजय सुवेदी, नेपाली कांग्रेस चितवनका कार्यवाहक सभापति राजीव न्यौपाने, नेकपा (समाजवादी) का उपाध्यक्ष कृष्णराज न्यौपाने, न्यान्सका डिन प्राडा पियुस दाहाल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा कृष्णप्रसाद पौडेललगायतले मन्तव्य दिएका थिए ।


