काठमाडौं ,चैत्र २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनका नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी छन् । शुक्रबार सरकारको सिफारिसमा उनले दाहाललाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम दाहाललाई मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।
दाहाल नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य ,वाग्मती प्रदेश कमिटी का सह- इन्चार्ज दक्षिण कमाण्ड ( मकवानपुर – चितवन) इन्चार्ज समेत हुन् ।यसअघि उनी संविधानसभा सदस्य पनि भइसकेका थिए । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा उनी मनोनीत भएका हुन् ।
तपाईको प्रतिक्रिया


