• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

१ दिनमा आगलागीका ५५ घटना, नियन्त्रणमा आउन सकेन

  •   मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित

फागुनदेखि सुरु भएको डढेलो र आगलागीका घटना चैत लागेपछि एक्कासि बढेका छन् । घटना देशव्यापी रूपमा नै विस्तार भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र आगलागीका ५५ घटना भएका छन् । तिनमा परेर तीन जनाको ज्यान गएको र तीन जना घाइते भएका छन् । घटनामा चार करोड ८५ लाख रुपियाँ बराबरको आर्थिक क्षति भएको छ । हिउँद लागेसँगै आगलागी र डढेलासम्बन्धी विपत्का घटना बढ्ने भए पनि आवश्यक सावधानी अपनाउन नसक्दा बर्सेनि यसबाट हुने आर्थिक क्षतिको दर बढिरहेको छ ।

विगत १२ वर्षको तथ्याङ्कलाई हेर्ने हो भने आगलागीकै कारणले ठुलो सङ्ख्यामा मानवीय र आर्थिक क्षति बेहोरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कमा यो समयमा २५ हजार २४० वटा आगलागी र डढेलोमा परेर एक हजार एक सयभन्दा बढीको अकालमै ज्यान गएको छ ।

मानवीय क्षति मात्रै नभएर औसतमा एक वर्षमा दुई अर्ब रुपियाँभन्दा बढीको आर्थिक क्षति आगलागीका कारण हुने गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले एक दशकको अवधिमा आगलागीबाट २६ अर्ब ७१ करोड ९५ लाख ६३ हजार ८३४ रुपियाँ बराबरको आर्थिक क्षति भएको जानकारी दिनुभयो । केन्द्रको तथ्याङ्क अनुसार २०६८ सालदेखि २०८० चैत ४ गतेसम्मको अवधिमा तीन हजार ३२६ जना घाइते भएका छन् । एक दशकमा ३३ हजार १७५ परिवार आगलागीबाट प्रत्यक्ष प्रभावित बनेका छन् ।

फागुनयता जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरले १४ वटा जङ्गलमा आगो निभाएको जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी गोर्खबहादुर दर्लामी मगरले ग्यास चुहिएर, विद्युत् ‘सर्ट’ भएर उपत्यकामा आगलागीका घटना हुने गरेको बताउनुभयो । तर फागुन महिनामा भने खुला ठाउँमै आगो धेरै लागेको उहाँले जानकारी दिनुभयो । आगलागीबाट जोगिन घरधनीले नियमित रूपमा विद्युतीय वायरिङ मर्मतसम्भार गर्नुपर्ने सुझाव दिनुभयो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्काले विगत ४४ घण्टामा काभ्रेपलाञ्चोक जिल्लामा मात्रै आगलागीका १९ घटना भएकाले सजग रहन अनुरोध गर्नुभएको छ ।

त्यसका लागि ११६ जना प्रहरी परिचालन गर्नुपरेको र १२ लाखभन्दा धेरैको आर्थिक क्षति भएको जानकारी दिनुभयो । आगलागीको जोखिम सबैभन्दा बढी हिउँद महिनामै हुने गरेकाले त्यसमा ध्यान पुर्याउन आवश्यक देखिएको बताउनुभयो ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागले यो वर्ष वनको डढेलो जोखिम उच्च हुने अनुमानका साथ रोकथामका लागि पनि तयारी रहनुपर्ने जनाएको छ । यो वर्ष हिउँदमा कम वर्षा भएका कारण वनका पातपतिङ्गर सुक्ने र आगलागीको जोखिम उच्च हुने भएकाले ध्यान पुर्याउन अनुरोध गरेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा दस दिनदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । लाङटाङ पदयात्रा मार्गको बम्बु क्षेत्रको जङ्गलमा आगलागी भएको हो । नेपाली सेनाले आगो निभाउने प्रयास गरिरहेको छ । जटिल भूबनोटका कारण आगो नियन्त्रणमा आउन सकेको छैन ।

मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.