चैत्र २८ ,चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका २५ जना आकांक्षी देखिएका छन् । भरतपुर महानगर समितिले आन्तरिक रूपमा गरेको आह्वानमा महानगर प्रमुखमा २५ जनाले उमेदवारी दर्ता गराएका हुन् ।
यस्तै उपमेयरमा भने २४ आकांक्षीले उमेदवारी दर्ता गराएका छन् ।नेपाली काङ्ग्रेस माहनगर समितिले आसन्न स्थानीय तह निर्वाचनको लागि भरतपुर महानगरपालिकामा आफना आकांक्षी उम्मेदवारहरुको नामावली टुंगो लगाएको छ ।
भरतपुर महानगरपालिकाको मेयरमा पदमा मनोनयन दर्ता गराउनेमा पार्टी केन्द्रीय सदस्य दिनेश कोइराला,पार्टीका निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्व सांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी,विजय शर्मा भुसाल, बर्तमान उप–मेयर पार्वती शाह ठकुरी ,दिर्घमान श्रेष्ठ, निलकण्ठ रिजाल,गौरी कुमारी श्रेष्ठ,मिना कुमारी खरेल,सुबोध प्रधान,शम्भुप्रसाद अर्याल,भरत गुरुङ र मिलन बाबू श्रेष्ठ, प्रकाश अधिकारी, प्रा डा केशबभक्त सापकोटा, टेक प्रसाद गुरुङ, राजेन्द्र डोटेल, डा सुर्यकान्त घिमिरे,हिरामणि अधिकारी र घनश्याम दवाडी रहेका छन् ।
यस्तै, उप–मेयर पदका लागि टकनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की,कल्पना पौडेल, देबेन्द्र गुरुङ, पूर्ण बहादुर गुरुङ,राजिब न्यौपाने, बिरेन्द्र केसि,भुपतिदास सापकोटा, केदारनाथ बराल,रबि भद्र शर्मा खनाल,निर्मलराज पौडेल,सुरबिर पोख्रेल,महेन्द्र श्रेष्ठ,एलिसा अधिकारी, सुर्य नाथ अधिकारी, गिता गुरुङ , बिनु रायमाझी पौडेल ,बिजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र बिदुर के सिले दाबी पेश गरेको नेपाली काँग्रेस भरतपुर महानगरका सचिव कृष्ण बगालेले जानकारी दिए ।
आइतबार बिहान ११ बजेदेखि मनोनयन दर्ता सुरु भएर आज सोमबार अपराह्न चार बजे सकिएको महानगर समितिले जनाएको छ । महानगर समितिमा नगरप्रमुखका आकांक्षीले तीन हजार र उपप्रमुखका आकांक्षीले दुई हजार रुपैयाँ तिरेर उमेदवारी दर्ता गराइएको थियो । अब महानगर समितिका आकांक्षीहरूबीच समझदारीको प्रयास हुने, प्रयास सफल नभए जिल्लामा सिफारिस गर्ने, जिल्लाले प्रदेशमा र प्रदेशले मिलाउन नसके केन्द्रमा सिफारिस गर्ने छन् । नेपाली कांग्रेसको महानगरको प्रमुख र उपप्रमुखसम्मको टिकट कांग्रेसको केन्द्रीय संसदीय समिति (संसदीय बोर्ड)ले बाँड्ने प्रावधान कांग्रेसको विधानमा छ ।



