• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • १०. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

अबको साता बढी वर्षा हुने

  •   शनिबार, असार १६, २०८१ मा प्रकाशित

देशका अधिकांश स्थानमा अबको एक साता मध्यमदेखि ठुलो वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले अबको एक साता मनसुन सक्रिय रहँदै मध्यमदेखि ठुलो वर्षा हुने जनाएको हो । मनसुनको न्यूनचापीय रेखा पूर्ण रूपमा विकास भई नेपालनजिक रहेकाले नेपालमा मनसुन थप सक्रिय हुन लगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण शुक्रबारदेखि आउँदो बिहीबारसम्म देशभर मनसुनी वर्षा हुने मौसमविद् गोविन्द झाले बताउनुभयो ।

नेपालको पहाडी भेगमा भारी वर्षाले बढी प्रभाव पार्न सक्ने महाशाखाले जनाएको छ । पूर्वी र मध्य तराईमा बिहीबारदेखि नै वर्षाको क्रम सुरु हुँदा त्यस क्षेत्रमा डुबान सुरु भइसकेको छ ।

विगत १२ घण्टामा सर्लाही क्षेत्रमा १४५ मिलिमिटर वर्षा रेकर्ड भएको छ । महाशाखाले जनाए अनुसार गण्डकी, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश र कर्णाली प्रदेशका एक दुई स्थानमा ठुलो वर्षाको सम्भावना रहेको जनाएको छ ।

वर्षा हुने स्थानमा बाढी, भू–क्षय, पहिरो तथा गेग्य्रान बहावको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ । सहरी तथा तराई क्षेत्रमा डुबान हुँदा बस्तीहरू उच्च जोखिममा रहनुका साथै ठुला तथा साना नदीनाला र खोलामा बहावको सतह बढ्ने हुँदा आवश्यक सतर्क रहन सुझाइएको छ ।

सो क्रममा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न पनि सरोकारवाला निकायहरूलाई अनुरोध गरिएको छ ।

वर्षाको क्रमसँगै नेपालका सानाठुला नदीको बहाव उच्च बन्ने भएकाले नदी तटीय क्षेत्रमा थप सावधानी अपनाउन भनिएको छ । सो क्षेत्रमा भौतिक पूर्वाधारका काम भइरहेको भए रोक्न अपिल गरिएको छ । नदीमा बहाव बढ्ने भएकाले डुबान, कटान तथा बस्तीमा पस्न सक्ने क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सरकारको तयारी तीव्र

मनसुनी वर्षाबाट आइपर्ने विपत्बाट जनधनको क्षति रोक्न गृह मन्त्रालय र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च रूपमा तयारी थालेको छ । जोखिमयुक्त क्षेत्रका बासिन्दालाई अन्यत्र सार्न प्रदेश सरकारसँग समन्वय भइरहेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

शनिबार, असार १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.