शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेडेडमा परेका विद्यार्थीले फाराम भर्दा तिरेको शुल्क हुने बताउनु भएको छ ।
आज सामाजिक सञ्जालमा पोष्ट गर्दै उहाँले यस्तो जानकारी गराउनु भएको हो । उहाँले भन्नुभएको छ, ‘चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेड (एनजी) मा परेका विद्यार्थीले फाराम भर्दा तिरेको शुल्क आयोगबाट फिर्ता दिइने कुरा जानकारी गराउॅंछु।’ विद्यार्थीहरूले उक्त शुल्क फिर्ता हुनुपर्ने माग गरेका थिए।
तपाईको प्रतिक्रिया


