• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

गत वर्षको तुलनामा यस वर्षको मनसुनमा जनधनको क्षति दोब्बर

  •   बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित

यस वर्षको मनसुनको दुई महिनामा जनधनको क्षति गत वर्षको तुलनामा दोब्बर भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको तुलनात्मक विश्लेषण अनुसार दुई महिनामा गत वर्षभन्दा यस वर्ष दोब्बर जनधनको क्षति भएको छ । मनसुनजन्य विपत्का घटना पनि गत वर्षभन्दा बढी भएका छन् ।

मनसुन भित्रिएयताको ६० दिनमा मनसुनजन्य विपत्बाट १७० जना मानिसको मृत्यु भएको छ । अझै ४४ जना बेपत्ता छन् भने अन्य १९५ जना घाइते भएका छन् । मृत्यु र बेपत्ताको सङ्ख्यामा चितवनको सिमलतालमा भेलपहिरोले बगाएर त्रिशूली नदीमा दुई वटा बस हराउँदा सबैभन्दा बढी क्षति भएको छ । जसमा ६२ जना यात्रुमध्ये २४ जनाको शव फेला परेको छ भने ३८ जना बेपत्ता छन् । विपत्बाट झन्डै तीन हजार परिवार प्रत्यक्ष प्रभावित बन्न पुगेको प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनले औँल्याएको छ ।

यस अवधिमा बाढीपहिरोसहित ८४८ वटा विपत्का घटना घटेका छन् । गत वर्ष मनसुनको दुई महिनामा ५३० वटा विपत्का घटनामा ७२ जनाको मृत्यु भएको थियो । ती घटनामा २८ जना बेपत्ता हुनुका साथै एक सय जना घाइते भएका थिए । प्रभावित परिवारको सङ्ख्या भने यो वर्षभन्दा गत वर्ष बढी देखिएको छ । जस अनुसार पाँच हजार ७८१ परिवार प्रभावित बनेको प्राधिकरणका दीपक सापकोटाले जानकारी दिनुभयो । गत वर्षसँग तुलना गर्दा दुई महिनाको अवधिको जनधनको क्षति उच्च भए पनि वर्षाको घनत्व र प्राधिकरणले गरेको आकलनको तुलनामा भने क्षति कम भएको दाबी प्राधिकरणले गरेको छ ।

प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले भन्नुभयो, “गत वर्ष सरदरभन्दा कम पानी प¥यो, त्यसैले यो वर्षभन्दा कम क्षति देखियो तर यो मनसुनको दुई महिनामा गत वर्षको तुलनामा वर्षाको घनत्व ज्यादा भएकाले बढी क्षति भएको हो ।”

मनसुनबाट हुन सक्ने उच्च क्षति रोक्न सरकार र विपत्मा काम गर्ने निकायको पूर्वतयारी राम्रो भएकाले हालसम्मको क्षतिलाई कम मान्नुपर्ने भट्टराईले बताउनुभयो । गत वर्ष यस अवधिमा ५४१ मिलिमिटर वर्षा भएको थियो । यस वर्ष ६२४ मिलिमिटर वर्षा भइसकेको छ । जसको परिणामस्वरूप सिमलतालमा बस बगाउने घटना भएको थियो । जाजरकोटका भूकम्पपीडितको बस्ती सारिनु, जिल्लास्थित विपत् व्यवस्थापनलाई सक्रिय बनाइएकाले पनि पहिरोजन्य क्षति धेरै कम भएको दाबी उहाँले गर्नुभयो ।

मनसुनको दुई महिनाको अवधिमा सबैभन्दा बढी पहिरोबाट १०९ जनाको मृत्यु भएको छ । त्यसपछि बाढीबाट ३६ जनाको र चट्याङबाट २४ जना र भारी वर्षाले एक जनाको मृत्यु भएको छ । मनसुनजन्य विपत्बाहेक दुई महिनाको अवधिमा आगलागी, हावाहुरी, जनावरको आक्रमण, वन डढेलो, लेक लागेर र सर्पदंशबाट थप १९ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.