• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

१४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषणा

  •   शनिबार, असोज १९, २०८१ मा प्रकाशित

काठमाडौं ,असोज १९
सरकारले काठमाडौँ, ललितपुर, भक्तपुरसहित १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।

मन्त्री लेखकले अविरल वर्षाका कारण बाढी र पहिरोले क्षति पुर्‍याएका १४ जिल्लालाई सङ्कटग्रस्त जिल्लाको रूपमा घोषणा गरेको जानकारी दिनुभयो । गत शुक्रबार र शनिबार देशैभर अविरल वर्षा हुँदा ठुलो जनधनको क्षति भएको थियो । मन्त्री लेखकले भन्नुभयो, “अविरल वर्षका कारण बाढी र पहिरोले धेरै ठुलो जनधनको क्षति गर्‍यो । अब राहत, उद्धार, पुनर्निर्माण र पुनस्र्थापना सघन रूपमा गर्न सङ्कटग्रस्त जिल्ला घोषणा गरेका छौँ ।”

उहाँले सरकारले बाढीपहिरोले सबैभन्दा बढी क्षति भएका जिल्लालाई उच्च प्राथमिकता दिएर काम गर्न सङ्कटग्रस्त जिल्ला घोषणा गरेर काम गर्न लागेको बताउनुभयो । सरकारले सङ्कटग्रस्त जिल्ला घोषणा गरेपछि बजेटदेखि पुनर्निर्माणलाई उच्च प्राथमिकता दिएर काम हुने छ । मन्त्री लेखकले नेपाल प्रहरीको संशोधित विधेयक र सशस्त्र प्रहरी बल संशोधित विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयबाट लोक सेवा आयोगमा पठाउने निर्णय भएको जानकारी दिनुभयो ।

यसअघि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको शुक्रबार बसेको बैठकले बाढीपहिरो र डुबानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको थियो । गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको उक्त बैठकले १४ जिल्लाका विभिन्न पालिकालाई विपत् सङ्कटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो ।

बाढी, पहिरो र डुबानबाट सबैभन्दा धैरै मानवीय तथा भौतिक क्षति भएका जिल्ला पाँचथर, ओखलढुङ्गा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रे जिल्ला र ती जिल्लाका विभिन्न स्थानीय तहलाई सङ्कटग्रस्त घोषणा गर्न सिफारिस थियो ।

शनिबार, असोज १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी
आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल
एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • २.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ३.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ४.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • ६.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ७.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ८.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.