• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. सामूहिक प्रयासमा फूलखेती

एसियन राजमार्गको स्तरोन्नतिमा तीव्रता: सहरी क्षेत्रमा ५० मिटर सडक चौडा

  •   बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित

झापा- पूर्व-पश्चिम राजमार्गअन्तर्गत एसियन राजमार्ग निर्माणले गति लिएको छ । पूर्वको काँकरभिट्टादेखि लौकहीसम्म एक सय २० किलोमिटर सडकमध्ये ९५ दशमलव ७६ किलोमिटर सडक एसियन राजमार्गमा स्तरोन्नति गर्ने कार्य अगाडि बढेको हो ।

स्तरोन्नतिपछि काँकरभिट्टा–लौकही सडकखण्ड अन्तर्गत सहरी क्षेत्रमा चार लेनको सडकमा तीन मिटर चौडा डिभाइडर दुवैतर्फ सर्भिस लेनगरी ५० मिटर चौडाइ हुनेछ । यस्तै अर्धसहरी क्षेत्रमा चार लेनको सडकमा दुवैतर्फ एक लेन थप भई ३३ मिटर चौडा सडक हुने र बाँकी भागमा चार लेनको २४ मिटर चौडा सडक रहने जनाइएको छ ।

उक्त आयोजनामा एशियाली विकास बैंकको ८४ दशमलव नौ प्रतिशत ऋण र नेपाल सरकारको १५ दशमलव एक प्रतिशत लगानी रहने छ । काँकरभिट्टा–लौकही सडक खण्डको लम्बाई एक सय २० किलोमिटरमध्ये ९५ दशमलव ७६ किलोमिटरमा विभिन्न प्याकेजमा ठेक्का लागेको छ ।

काँकरभिट्टा–लौकही सडक योजनालाई काँकरभिट्टा–केर्खा सितापुरीसम्म ४५ किलोमिटर पूर्वी खण्ड र केर्खा–इटहरीसम्म ५० दशमलव ७६ किलोमिटर पश्चिमी खण्डमा विभाजन गरिएको छ ।

काँकरभिट्टा–केर्खा सडक

पूर्वी खण्डको काकरभिट्टा–केर्खा सडक रु १० अर्ब छ करोडमा लागतमा सम्पन्न गर्नेगरी इभरस्कोन–कालिका जेभीले विसं २०८० कात्तिक २ गते सम्झौता गरी सोही वर्षको माघ १९ गतेदेखि काम प्रारम्भ गरेको इञ्जिनियर आश्रय महतले जानकारी दिनुभयो । उहाँका अनुसार काम सुरु भएदेखि हालसम्मको भौतिक प्रगति पाँच दशमलव ७० प्रतिशत रहेको छ ।

इञ्जिनियर महतका अनुसार यस सडकखण्डको सीमाभित्र परेका चार हजार सात सय २६ वटा रुख काट्ने काम सम्पन्न भई दुई हजार एक सय रुख डिभिजन वनलाई हस्तान्तरण गरिएको छ । विद्युत् प्राधिकरणबाट यस क्षेत्रमा पर्ने दुई हजार दुई सय खम्बामध्ये चार सय खम्बा सारिसकेको र अन्य सार्ने क्रममा छन् ।

यसैगरी यस सडक खण्डमा पर्ने एक सय ४३ कल्भर्टमध्ये ७२ वटा कल्भर्टको निर्माण भइरहेको छ । पूर्वी खण्डअन्तर्गत चारआली चोक, बिर्तामोड र चारपाने चोकमा मोटरेबल ओभरपास निर्माण हुने इञ्जिनियर महतले बताउनुभयो ।

उहाँका अनुसार चारअली जङ्गलमा हात्तीका लागि अण्डरपास र छ वटा पैदलयात्री क्रसिङ बन्नेछन् । तीन सय मिटरभन्दा साना १८ वटा पुल यसै ठेक्काअन्तर्गत निर्माण सम्पन्न हुनेछन् ।

तीन सय मिटरभन्दा लामा निन्दा, बिरिङ र कन्काई पुल निर्माणका लागि रु पाँच अर्ब ९७ करोडमा निर्माण गर्ने ठेक्का लगाइएको थियो । हालसम्म उक्त पुलको भौतिक प्रगति चार दशमलव २० प्रतिशत रहेको इञ्जिनियर महतले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको जगमा तीन सय ५० वटा पाइल हाल्ने काम सम्पन्न भएको छ ।

केर्खा–इटहरी खण्ड

पश्चिम खण्डअन्तर्गत प्याकेज नं २, ३ र ५ गरी तीन वटा ठेक्का रहेका छन् । प्याकेज नं २ झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्म ४० किलोमिटर रहेको छ । उक्त ठेक्का रु नौ अर्ब १३ करोड ८२ लाखमा सम्झौता भएको इञ्जिनियर पल्लव श्रेष्ठले जानकारी दिनुभयो । रुख कटान, माटो फिलिङलगायत काम भइरहेको उक्त सडकखण्डको हालसम्ममा सात दशमलव पाँच प्रतिशत भौतिक प्रगति रहेको छ ।

यस्तै प्याकेज नं ३ मोरङको गोठगाउँदेखि इटहरी लबिपुरसम्म १० दशमलव ७६ किलोमिटर रहेको छ । उक्त प्याकेजको ठेक्का सम्झौता रु चार अर्ब सात करोड ३५ लाखमा गरिएको हो । इञ्जिनियर श्रेष्ठका अनुसार हालसम्म यस प्याकेजको भौतिक प्रगति तीन प्रतिशत मात्रै छ ।

प्याकेज नं २ र ३ को कूल लम्बाइ ५० दशमलव ७६ किलोमिटरमा २८ वटा तीन सय मिटरभन्दा साना पुल छन् । जुन सम्बन्धित प्याकेजको ठेक्का पाउनेले नै निर्माण गर्नेछ । हालसम्म सडक सीमाक्षेत्रभित्रका दुवै प्याकेजका छ हजार छ सय २९ रुख काट्ने काम सम्पन्न भएको इञ्जिनियर श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी यस खण्डमा तीन सय मिटरभन्दा लामा रतुवा, बक्रा र लोहेन्द्रा पुल निर्माणका लागि रु पाँच अर्ब ६५ करोड २६ लाख सम्झौता गरिएको थियो । पुलको पाइलिङ गर्ने काम भइरहेको यस ठेक्काका हालसम्म आठ प्रतिशत भौतिक प्रगति रहेको आयोजनाले जनाएको छ ।

काँकरभिट्टा–लौकही सडकखण्डअन्तर्गतका सवै प्याकेजका योजनाको निर्माण सम्पन्न अवधि तीन वर्ष रहेको इञ्जिनियर महतले बताउनुभयो । बर्खाको समयमा निर्माण रोकिए पनि अब राजमार्ग स्तरोन्नतिको कामले गति लिने उहाँको भनाइ छ ।

स्थानीय उत्साहित

एशियन राजमार्ग बन्ने भएपछि यस क्षेत्रका स्थानीय तथा व्यावसायी उत्साहित भएका छन् । यसरी चार लेनको राजमार्ग पूवीक्षेत्रमा बन्ने भएपछि भारतलगायत अन्य देशबाट पर्यटक स्थलमार्ग हुँदै नेपाल आवागमनमा सहज हुने पर्यटन व्यावसायी नेत्र कार्की बताउनुहुन्छ ।

पछिल्लो समय विर्तामोड, चारआली, चारपानेलगायत क्षेत्रमा सवारी चाप अत्यधिक हुँदै गइरहेको छ । एसियान राजमार्ग बन्ने भएपछि सवारी चाप घटने स्थानीय निर्मल पोखरेल बताउनुहुन्छ । अन्तर्राष्ट्रिय मापदण्डको राजमार्ग बन्न लागेसँगै यसले गर्दा अन्य विकास निर्माणका कामका लागि ढोका खुल्ने व्यवसायी गणेशप्रसाद मैनालीको भनाइ छ ।

बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.