म्याग्दी- गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ ।डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् । गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो ।
उहाँ नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिनुभएको थियो ।उहाँको शव अस्पतालमै राखिएको तथा उहाँका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया


