• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ६. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. सामूहिक प्रयासमा फूलखेती

माघे सङ्क्रान्ति : चाकु बनाउन भ्याइनभ्याइ

  •   आइतबार, पुष २१, २०८१ मा प्रकाशित

माघे सङ्क्रान्तिका लागि टोखाका व्यवसायी चाकु उत्पादनमा व्यस्त छन्। घ्यू र चाकु खाएर मनाइने माघे सङ्क्रान्ति पर्वका लागि बजारको माग अनुसार व्यवसायी चाकु उत्पादनमा व्यस्त बनेका हुन्।

परम्परागत रूपमै टोखाका नेवार समुदाय चाकु बनाउँदै आएका छन्। पछिल्लो समय टोखामा विभिन्न १४ वटा उद्योगमार्फत् चाकु उत्पादन भइराखेको छ।

२०१६ सालसम्म चाकु बनाउने उखु टोखामै उत्पादन हुन्थ्यो र त्यस ठाउँलाई तुँख्यः अर्थात् उखुबारी भनिन्थ्यो। त्यही शब्द पछि अपभ्रशं भएर टोखा भएको स्थानीयको भनाइ छ। पहिले थोरै मात्रामा बन्ने चाकु अहिले १२ महिना उत्पादन हुन्छ। टोखामा अहिले भारतबाट आयात भएको सख्खरबाट चाकु बनाउनुपर्ने बाध्यता छ। बजारमा माग बढे पनि जनशक्तिको भने अभाव भएको व्यवसायी बताउँछन्।

‘हामी चाकु व्यवसाय गर्ने अन्तिम पुस्ता हुने हो कि भन्ने चिन्ता बढेको छ’, व्यवसायी बुद्ध श्रेष्ठले भन्नुभयो।

नयाँ पुस्ता यस व्यवसायमा आकर्षित नहुँदा जनशक्तिको अभाव भएको उहाँको भनाइ छ। अहिले चाकु बनाउन बाहिरबाट जनशक्ति ल्याउनुपर्छ।

नेवार समुदायमा चाकुको विशेष महत्त्व छ। यःमरी पुन्ही र माघे सङ्क्रान्तिको दिनमा अनिवार्य रूपमा चाकु चाहिन्छ। पुसको अन्तिम दिन पकाएर माघको पहिलो दिन खाने चलन अनुसार चाकु पुस मसान्तसम्म बन्ने र माघ १ गते परिवारसँग बसेर एकसाथ खाने चलन छ। माघे सङ्क्रान्तिमा घिउ, चाकु, सखरखण्ड, रातो मूलालगायतका परिकार खाने चलन रहेको टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठको भनाइ छ।

उहाँका अनुसार प्रत्यक्ष अप्रत्यक्ष गरेर करिब तीन हजार बढीले चाकु उद्योगमा रोजगारी पाएका छन्। यहाँ मङ्सिर र पुस दुई महिनामा चाकु व्यवसायी सबैभन्दा बढी व्यस्त हुन्छन्।

पहिले हातले फिटेर बनाउने गरिएको सेतो तिलको लड्डु, कालो तिलको लड्डु, झोल चाकु, स्पेसल चाकु, पुष्टकारी, बदाम लड्डु, मुरमुरे लड्डु अहिले प्रविधिको विकाससँगै मेसिनले बनाउन थालिएको छ।

आइतबार, पुष २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ६.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.