• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

किराँतीको उद्गम स्थलमा मिनी ग्रेटवाल निर्माण

  •   शनिबार, माघ २६, २०८१ मा प्रकाशित

ऐतिहासिक पर्यटकीय क्षेत्र अर्थात् किराँतीको आदिम उद्गमस्थल तुवाचुङ जायजुङ डाँडामा पदमार्ग निर्माण गरिएको छ। ऐतिहासिकस्थल तुवाचुङ डाँडामा मिनी ग्रेटवाल नाम राखेर पदमार्ग निर्माण पश्चात उक्त क्षेत्र थप आकर्षित भएको छ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ मा रहेको तुवाचुङ जायजुङ डाँडामा कङ्क्रिट प्रयोग नगरी चुनासुकीको वाल निर्माण गरेर सात सय ३० मिटर लामो मिनी ग्रेटवाल निर्माण गरिएको हो। किराँत राई समुदायको सभ्यताको उद्गम थलो तुवाचुङ एउटा ऐतिहासिक ठाउँ अहिले सुन्दर भएको छ। तोंयामा र खियामाले तान बुनेको यो ऐतिहासिक ठाउँमा अहिले पनि दुई वटा तान बुनेको ढुङ्गाको दोखाम (तान) देख्न सकिन्छ।

मुन्दुमी मिथकअनुसार, तुवाचुङमा तोंयामा र खियामाले कपडा बुन्थे। उनीहरू कपडा सभ्यताका उद्यमी मानिन्छन्। ऐतिहासिक पवित्र मातृथलोमा उनीहरूले कपासको धागोबाट तान बुनेका थिए। किराँती आदिम कोकु (हजुरआमा) तोंयामा र खियामाले यहींबाट खेती गर्न थालेका हुन्। उनीहरूले यहींबाट कपास खेती थाली कपडा बुनेर लगाउन सुरु गरेका थिए।

समुन्द्र सतहदेखि १८ सय मिटर उचाइमा रहेको तुवाचुङ भौगोलिक हिसाबले अत्यन्तै आकर्षक छ। यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य लोभलाग्दो देखिन्छ। आकाश खुलेका दिन उत्तरतिर हिमाल टलक्क चाँदीझैँ टल्किरहेको देखिन्छ। हिमाल, पहाड र तराईसम्मको दृश्य अवलोक गर्न सकिने यस ऐतिहासिक ठाउँलाई अहिले मिनी ग्रेटवालले थप आकर्षक बनाएको छ। तुवाचुङमा किराँती आदिम पुर्खा तोंयामा, खियामा र खोक्चिलिपाको प्रतिमा यस अघिनै प्रतिस्थापन गरिएको छ।

तुवाचुङमा मिनी ग्रेटवालसँगै, मञ्जुश्री गुफा जाने पदमार्ग, माङिखम घर निर्माण लगायतको कामका लागि संयुक्त साँढे ५ करोडको ठेक्का लागेको थियो। हाल मञ्जुश्री पदमार्ग निर्माणसँगै तुवाचुङ मिनी ग्रेटवाल निर्माण भइसकेको छ। सोही संयुक्त निर्माणको जिम्मा पाएको कर्णेल समृद्धि जेभीले हाल तुवाचुङमा पार्किङसमेत निर्माण गरिरहेको छ।

७ सय ३० मिटर लामो तुवाचुङ मिनी ग्रेटवालमा चुना र इँटाको धुलोसँगै फ्लाइ स्टोन जोडेर वाल निर्माण गरिएको छ। उकालो र उरालो भूभागमा सोही सामग्री प्रयोग गरेर सिढी निर्माण गरिएको छ। समथर स्थानमा घाँस पलाउने गरी ढुङ्गा र माटो मिलाइएको छ। पदमार्ग दुई मिटरको चौडाइ रहेको पर्खाल निर्माण कम्पनीले जनाएको छ।

तुवाचुङमा उधौली र उभौलीको अवसरमा बृहत् रूपमा साकेला नाँच्ने गरिएको छ। भिरालो जमिन हुँदा विशेष गरी साकेला नाँच्ने समयमा जोखिम भएकाले ढुङ्गा लगाएर वाल निर्माण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताउनुभयो। ऐतिहासिक स्थान भएकाले मिनी ग्रेटवालमा कङ्क्रिट प्रयोग नगरिएको उहाँको भनाइ छ। ऐतिहासिक स्थललाई थप व्यवस्थित र आकर्षित बनाएर पर्यटक भित्र्याउने योजनासहित मिनी ग्रेटवालको अवधारणा अघि सारिएको मेयर राईले बताउनुभयो।

आगामी दिनमा तोयामा र खियामाले तान बुन्दै गरेको स्थानलाई भौतिकिकरण गर्ने, तान बुन्दै गरेको प्रतिमा राख्ने, पर्यटकको लागि चिया कफी खाने पार्क घर निर्माण गर्ने योजना नगरपालिकाको छ। क्रमश उक्त क्षेत्रमा किराँतीको भान्सा सबै पाउने गरी व्यवस्थित बनाइने योजनासमेत नगरपालिकाको रहेको मेयर राईले बताउनुभयो।

शनिबार, माघ २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.