विराटनगर , चैत्र ०९ । मोरङको बेलबारी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका कपिल विष्ट सभापतिमा निर्वाचित भएका छन् ।
माओवादीका कोशी प्रदेश अध्यक्षहर्क नेम्वाङ मेक्सोले क्रान्तिकारीका उम्मेदवार विष्ट स्ववियु निर्वाचनमा विजयी भएको जानकारी दिए । विष्टले प्रतिन्द्धन्द्धी अनेरास्ववियुको सभापति उम्मेदवार प्रशान्त पोखरेललाई ३४ मतले पराजित गरेका हुन् । निर्वाचनमा कूल ३७१ मत खसेको थियो।स्ववियुको सचिवमा भने अनेरास्ववियुका अर्जुन कोइराला विजयी भएका छन् । कोषाध्यक्षमा क्रान्तिकारीकै नवराज थापा निर्वाचित भएका छन् ।
मोरङमा हालसम्म निर्वाचन भएका ९ क्याम्पसमध्ये अखिल क्रान्तिकारीले ६ वटामा जित निकालेको छ । जिल्लाका तीनवटै आंगिक क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी, डिग्री क्याम्पस र नर्सिङ क्याम्पसमा अखिल क्रान्तिकारीले स्ववियु सभापति जितेको छ । यस्तै, रमाइलो बहुमुखी, बेलबारी र मिक्लाजुङ क्याम्पसमासमेत अखिल क्रान्तिकारीले जितेको छ ।


