• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ६. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • ९. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

यस्तो छ शुक्रबारको ट्राफिक तथा सुरक्षा व्यवस्थापन

  •   बिहिबार, चैत १४, २०८१ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विभिन्न राजनीतिक दल सम्मिलित समाजवादी मोर्चाले गणतन्त्रका पक्षमा शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने घोषणा गरिसकेको छ । यसैगरी, सोही दिन पूर्व राजाका समर्थक पक्षधरले पनि प्रदर्शन गर्ने घोषणा गरेसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था थप चुस्त बनाइने बताइएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले भोलि बिहान १० बजेदेखि जुलुस सुरु हुने जानकारी प्राप्त भएअनुसार सो अनुरुप नै ट्राफिक व्यवस्थापन गरिने बताउनुभयो। गिरीले भन्नुभयो, “दुई ठाउँमा विभिन्न ठाउँबाट र्‍यालीसहित आउने भन्ने जानकारी प्राप्त भएको छ। सम्भव भएसम्म सवारी साधन सञ्चालन हुन्छन्। मान्छेको भीड बढ्दै गए भने सार्वजनिक यातायातका साधनलाई अन्त बाटो पठाइनेछ।”

उहाँले कार्यक्रम अवधिभर यातायातका साधन अवरोध हुनसक्ने र तत्पश्चात् भने सवारी साधन खुला हुने भनाइ राख्नुभयो। यद्यपि, भोलिको अवस्था अनुसार व्यवस्थापन गरिने उहाँको भनाइ छ।

दुई हजार पाँच सय प्रहरी परिचालन

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रदर्शन हुने भनेपछि सुरक्षा व्यवस्थापनका लागि पूर्ण तयारी गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “हामीले सुरक्षा व्यवस्थापनको लागि पूर्ण तयारी गरेका छौँ। एकीकृत रुपमा सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन, व्यवस्थापनका लागि समन्वय गरेका छौं। कुनै पनि अप्रिय घटना हुन नदिन, ट्राफिक व्यवस्थापनका लागि वैकल्पिक मार्गको प्रयोग गर्ने लगायतका व्यवस्थापन हुन्छ।”

उहाँले विशेष गरी कार्यक्रम हुने स्थलमा सुरक्षा व्यवस्थापन चुस्त एवम् प्रभावकारी बनाउन नेपाल प्रहरी, ट्राफिक प्रहरीसँग समन्वय गरिएको बताउनुभयो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्रदर्शन हुने क्षेत्रका लागि प्रारम्भिक रुपमा दुई हजार पाँच सयको सङ्ख्यामा प्रहरी परिचालन हुने जानकारी दिनुभयो।

आचार्यले भन्नुभयो, “शुक्रबारका लागि सुरक्षा व्यवस्था मिलाएका छौं। छुट्टा–छुट्टै विरोध प्रदर्शन हुने भनिएकाले त्यही अनुसारको सुरक्षा व्यवस्था मिलाएका छौं।” उहाँले कुनै पनि अप्रिय घटना नहोस् भन्ने उद्देश्यले आवश्यकता अनुसार प्रहरी परिचालन हुने भनाइ राख्नुभयो।

समाजवादी मोर्चामा माओवादी केन्द्रसहित नेकपा (एकीकृत समाजवादी), डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका दल सङ्लग्न छन्।

मोर्चाले विभिन्न आठ रुट माइतीघर मण्डला, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्तिबाटिका, मैतिदेवीबाट र्‍यालीसहित प्रदर्शन गर्ने र भृकुटीमण्डपमा कोणसभा गर्ने बताएको छ। यसैगरी, नवराज सुवेदीको नेतृत्वको जनआन्दोलन समितिले शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने बताएको छ।

बिहिबार, चैत १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ
कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ
मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)
अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक
‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

  • ६.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

भर्खरै

  • १.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

  • २.
    कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

  • ३.
    मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)

  • ४.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • ५.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ६.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ७.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ८.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.