काठमाडौं ,बैशाख ०६
सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी विजयी भएकी छन् ।शनिबार भएको निर्वाचनमा पन्थीले १४९ मत ल्याएर अध्यक्ष निर्वाचित भएकी हुन् । अर्की प्रत्यासी पवित्रा सुनारले ८७ मत पाइन् ।
यसैगरी उपाध्यक्षमा बसन्ती बास्तोला १२८ मतसहित विजयी भइन् । अर्की प्रतिस्पर्धी लोग्शरी कुँवरले १०० मत पाइन् ।महासचिवमा राधा खनाल निर्विरोध निर्वाचित भएकी छन् ।
सचिवमा उर्बशी बस्न्यात १०७ मतसहित विजयी भइन् भने उनको प्रतिस्पर्धी नुनुता राई चार मतले पराजित भइन् । राइले १०३ मत पाइन् ।कोषाध्यक्षमा साजना तामाङ १५ मत अन्तरले निर्वाचित भइन् । तामाङ १२० सहित निर्वाचित हुँदा अर्की प्रतिस्पर्धी मञ्जिमा ढकालले १०५ मत पाइन् ।
त्यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी विजयी भएका छन् ।सञ्चारिकाको नवौँ महाधिवेशनका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार उद्घाटन गरेका थिए ।


