काठमाडौँ–  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले) सांसद रघुजी पन्त नियुक्त हुनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति राम चन्द्र पौडेलले पन्तलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।