• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ५. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

फेला परेन भासिएको गाडी : भूगर्भविद्को टोली नै असुरक्षित

  •   बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित

हेटौँडा उपमहानगरपालिका वडा नं. १७, गैरीगाउँमा गत शुक्रबार जमिनमा भासिएर हराएको बोलेरो गाडीका बारेमा अध्ययन गर्न आएको भूगर्भविद्को टोली गाडीको अवस्थितिका बारेमा पत्ता नै नलगाई फर्किएको छ । गैरीगाउँबाट चुच्चेखोलातर्फ आउँदै गरेको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बोलेरो गाडी अचानक चिप्लिन गई गत शुक्रबार दिउँसोबाट जमिनमा भासिएपछि बेपत्ता भएको हो । दलदलमा भासिएर बेपत्ता भएको उक्त गाडी छैटौँ दिन हुँदासमेत फेला परेको छैन ।

उता जमिनभित्रै हराएको गाडीका बारेमा अध्ययन गर्न आएको भूगर्भविद्को टोली बुधबार दिउँसो काठमाडौँ फर्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । भूगर्भविद् नारायण अधिकारीसहितको टोली आफूहरू नै असुरक्षित भएको भन्दै फर्किएको हो ।

भूगर्भविद् अधिकारीले गाडी भासिएको घटनास्थल क्षेत्रमा चुम्बकीय शक्ति भएको वस्तु प्रारम्भिक अध्ययनबाट देखिएको भन्दै उहाँले प्रारम्भिक अध्ययन भएको र अझै गाडी कति तल र कहाँ छ भन्ने यकिन भइनसकेको बताउनुभयो । “गाडी कति गहिराइमा छ भन्ने प्रारम्भिक रूपमा थाहा भयो तर पुष्टि भइसकेको छैन,” उहाँले भन्नुभयो, “अध्ययन भएको छ, यसका आधारमा के नतिजा देखिन्छ थाहा छैन, यसको वैज्ञानिक उत्तरका लागि थप अध्ययन आवश्यक छ ।” उहाँले अहिले अध्ययन रोकिने बताउँदै भन्नुभयो, “हाम्रो सुरक्षाका लागि पनि अध्ययन रोकिन्छ ।” उहाँले अहिलेसम्म भएका अध्ययनको विश्लेषण गरेर अगाडि बढ्ने भन्दै यस क्षेत्रमा पानीका मूल तीन स्थानबाट आएको पाइएको बताउनुभयो ।

भूगर्भविद् अधिकारीसहितको टोलीले मङ्गलबार बिहानबाट अध्ययन थालेको थियो । अध्ययन टोलीले प्रारम्भिक कार्य पूरा गरी काठमाडौँ फर्केर पहिलो चरणको अध्ययनको विश्लेषणपछि दोस्रो चरणको कार्य हुने जनाइएको छ । टोलीले मङ्गलबार झन्डै १० घण्टा अध्ययन गरेको थियो ।

गैरीगाउँबाट चुच्चेखोलातर्फ आउने भित्री कच्ची सडकखण्डमा सडकनजिकै माछापालनका लागि बोरिङ खनेको पानीसहितको खाल्डोमा बोलेरो गाडी भासिएर दलदलमा बेपत्ता भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बेपत्ता भएको गाडी फेला नपरेपछि घटनास्थल पुग्नुभएका हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले अब पनि भूगर्भविद् बोलाएर खोजी कार्य गरिने बताउनुभएको थियो । गाडी भासिएको केहीबेरमै बेपत्ता भएको थियो भने गाडी भासिएसँगै सडकमै दह बनेको थियो । बोलेरोचालक र सहचालक भने भासिनुअघि नै निस्किएकाले दुर्घटनामा पर्नबाट जोगिएका छन् । गाडी भासिएको ठाउँनजिकै माछापालन गरिएको पोखरी र स्थानीयले बोरिङसमेत गरेका कारण जमिन भासिन पुगेको जनाइएको छ ।

बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.