• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

इतिहास बोल्न ठड्याइएका पत्थर

  •   सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित

हिले, वैशाख २९ । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर २ बुढीमोरङस्थित गैरीगाउँमा एक लामो ढुङ्गा ठडिएको छ । करिब सात फिट अग्लो र भाँचिएको टुक्रा तीन फिट गरी जमिनमाथि १० फिट अग्लो सो ढुङ्गा जमिनमुनि पनि सात फिटभन्दा बढी रहेको स्थानीयको भनाइ छ । ढुङ्गालाई वरिपरिबाट तारजालीले घेरेर फलामको ढोका निर्माण गरी चाबी लगाएर सुरक्षित गरिएको छ । अवलोकनकर्तालाई समेत आवश्यकताका आधारमा मात्र चाबी खुला गरेर देखाइन्छ । स्थानीयले सो ढुङ्गालाई लुङकेम्बा भन्छन् । यो ढुङ्गा ऐतिहासिक हाङयाक (मोरङ राजाको दरबार) रहेको स्थान यसै लुङकेम्बाले पुष्टि गर्ने स्थानीय रमेश इवाहाङ बताउनुहुन्छ । “प्राचीन किराँत राजा (हाङ) यलम्बरको २५ औँ पुस्ता मलय केतु र उनका पनि सातौँ पुस्तापछि साम्युक हाङले चौबिसे थुम अर्थात् बुढीमोरङमा आफ्नो राज्य स्थापना गरेको विश्वास गरिन्छ, त्यसैको पुष्टि यो पत्थरले गर्छ,” इवाहाङ भन्नुहुन्छ ।

गैरी गाउँकै तल्लो क्षेत्रमा अन्य तीन लामा ढुङ्गा ठाडो पारेर गाडिएको छ । दुई वटा आसपासमा र एक केही मिटर पर रहेको छ । तत्कालीन लिम्बु राजाले यी ढुङ्गा विभिन्न समयमा आफ्नो सीमा क्षेत्र निर्धारण गर्न तथा विभिन्न महत्वपूर्ण निर्णय गरेबापत साक्षी स्वरूप गाडिएको स्थानीय मानप्रसाद इङनामको भनाइ छ । बुढीमोरङको पारि खुवाफोक गाउँ छ । सो स्थानमा पनि एक ढुङ्गा त्यसै गरी ठाडो पारेर गाडिएको अवस्थामा छ । सो ढुङ्गा मोरङका राजा र माराहाङ राजाको सिमानाका रूपमा रहेको स्थानीयको विश्वास छ । “वारि मोरङ राजा र पारि माराहाङ राजाका क्षेत्र थिए, सोही क्षेत्र छुट्याउन यो ढुङ्गो प्रयोग गरिएको भन्ने विश्वास छ,” इङनाम भन्नुहुन्छ ।

पूर्वतिरका लिम्बु गाउँबस्तीमा घुम्दा धरै स्थानमा लामो ढुङ्गा ठाडो पारेर गाडिएको पाइन्छ । यस्ता पत्थरले लिम्बु जातिको बस्ती, इतिहास, कला संस्कृति तथा परम्परागत कानुनको झल्को दिने गरेको जानकार बताउँछन् । यीबाहेक धनकुटाको कुसेटार, फाक्सिब, खुवाफोक, चौबिसेलगायतका स्थानमा एक दर्जनको हाराहारीमा यस्ता ढुङ्गा देख्न पाइन्छ । धनकुटाका साथै लिम्बुको बसोबास रहेको पूर्वका पाँचथर, तेह्रथुम, ताप्लेजुङ जिल्लाको विभिन्न स्थानमा यस्ता ढुङ्गा छन् तर यस्ता ढुङ्गामा न कुनै तिथिमिति हुन्छ न कुनै जानकारी नै । त्यसैले यी ढुङ्गा कसले किन राख्यो भन्ने जानकारी पाउन निकै मुस्किल हुने गरेको छ ।

कन्दङ्वा वंशावलीका अनुसार करिब छैटौँ शताब्दीबाट यस्तो पत्थर गाड्ने चलन सुरु भएको मानिन्छ । कतिपय स्थानीयले त यस्ता ढुङ्गालाई तत्कालीन राजाहरूको हात्ती तथा घोडा बाँध्ने स्थानका रूपमा रहेको भन्ने गरेका छन् ।

यस्ता ढुङ्गा तत्कालीन समयमा सीमा तोक्न वा कुनै महत्वपूर्ण निर्णय गर्न सभा बसाउने प्रयोजनका लागि गरिएको खोजकर्ताको भनाइ छ । लिम्बुवान इतिहासका खोजकर्ता भगीराज इङनामका अनुसार लिम्बु जातिको ढुङ्गासँग विशेष सम्बन्ध रहेकाले सुरुवातकालदेखि नै ढुङ्गा जोडिएको बताउनुहुन्छ । “त्यो बेला लिखित कानुन थिएन, त्यसैले कुनै पत्थरलाई विशेष मानी अपराधीलाई बकाउन, कसम खुवाउन वंश छुट्टिएर जाँदा सिमानाका रूपमा प्रयोग हुने बलियो वस्तुका रूपमा यही प्रयोग हुन्थ्यो,” इङनाम भन्नुहुन्छ । “लिम्बु जातिको विशेष ग्रन्थ मुन्धुम अनुसार ढुङ्गाको विशेष महत्व तथा आफूहरू ढुङ्गामाटोकै सन्तानका रूपमा रहेकाले ढुङ्गाको महत्व धेरै भएको र सबै कार्यमा ढुङ्गा विशेष हुने गरेकाले पहिलेदेखि कानुनका रूपमा तथा अन्य कार्यमा समेत ढुङ्गा गाड्ने चलन रहिआएको हो,” इङनाम भन्नुहुन्छ ।

त्यसो त यस्ता केही पत्थर लिम्बुका पितृ युँमाले तान बुन्न प्रयोग गरेको विश्वास गरिन्छ । युँमाले आफूले जानेको सिप आफ्ना सन्ततिलाई सिकाउँदै हिँडेको कथन पाइन्छ । पाँचथरको कुम्मायक कुस्सायक हुँदै धनकुटाको मुर्कुटे, थाक्केलुङ, कुसेटारमा रहेका पत्थर यसैको प्रमाणका रूपमा रहेको लालीगुराँस नगरपालिकाका प्रमुख तथा खोजकर्ता अर्जुन माबोहाङले चौबिसे थुमको ऐतिहासिक अध्ययनमा लेखिएको लेखमा भेटिन्छ । धनकुटापछि तेह्रथुमको फेदापमा र वसन्तपुरमा प्रकट भएर बिलाएको मानिन्छ । वसन्तपुरको सोही स्थानमा माबोहाङले अहिले चोलुङ पार्क निर्माण गर्नुभएको छ । पर्यटकीय पार्क निर्माणपछि सो स्थान अहिले लिम्बु जातिको सङ्ग्रहालय तथा अध्ययन केन्द्र बनेको छ । योबाहेक त्यसताका सन्तान छुट्टिँदा, कसैलाई न्याय निसाफ दिँदा, आरोपीलाई बकाउँदा यस्ता पत्थर साक्षी राखेर निर्णय गर्ने गरिएको माबोहाङ बताउनुहुन्छ । गोरखापत्रबाट साभार

सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी
आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल
एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • २.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ३.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ४.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • ६.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ७.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ८.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.