• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

गणतन्त्रपछि गाउँसम्मै विकास

  •   बुधबार, जेठ १४, २०८२ मा प्रकाशित

काठमाडौँ, जेठ १४ । गणतन्त्र आएपछि नागरिकले विकास निर्माणमा सहजता, सेवामा पहुँच, समावेशी स्थानीय सरकार र गाउँघरमै न्यायिक अधिकार प्राप्त गरेका छन् । गणतन्त्रको घोषणापछि स्थानीय तहका नागरिकले घरदैलोमै सरकार भएको महसुस गर्नुका साथै नीति निर्माण, राज्यको स्रोत र साधनको प्रत्यक्ष रूपमा अनुभूति गरिरहेका छन् ।

२०६४ सालमा संविधान सभा निर्वाचनबाट बनेको संविधान सभाले २०६५ जेठ १५ गते गणतन्त्रको घोषणा गरी संविधान जारी गरेको थियो । २०७४ र २०७९ मा दुई पटक भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आएसँगै स्थानीय नागरिकले राज्यको सेवामा प्रत्यक्ष पहुँचको अनुभूति गरेका हुन् ।

गणतन्त्र अगाडि गाउँघरका गोरेटो बाटो अहिले मोटर गुड्ने ग्राभेल र पक्की बन्दै गएका छन् । प्रत्येक टोल र घर घरमा खानेपानी पुगेको छ । स्थानीयस्तरमा नै पाँचदेखि १५ बेडको अस्पताल निर्माण भइरहेका छन् भने स्थानीय जनप्रतिनिधिको सहजीकरणमा घर घरमा पुगेर स्वास्थ्य बिमा कार्यक्रम अभियानका रूपमा सञ्चालन भएको छ । यसै गरी स्थानीय तहमा उत्पादित वस्तुलाई स्थानीय तहमा नै साना उद्योग स्थापना गरी पालिकाको उत्पादन पालिकामा नै खपत गराई रोजगारी सिर्जना भएका छन् ।

अपेक्षाकृत उपलब्धि 

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुखमा निर्वाचित चिरीबाबु महर्जनले गणतन्त्रले स्थानीय नागरिकलाई दिलाएको उपलब्धि अपेक्षा गरिएभन्दा धेरै भएको बताउनुभयो । गणतन्त्रको उपहार संविधान र संविधान अन्तर्गत तिनै तहमा सरकार आएपछि अहिले गाउँ क्रमिक रूपमा सहर बन्दै गएको र सहरमा व्यवस्थित सहरीकरण हुने क्रम तीव्र भएको बताउनुभयो ।

उहाँका अनुसार ललितपुर महानगरपालिकामा अहिले सहरी सौन्दर्य, मूर्त र अमूर्त सम्पदाको सौन्दर्यीकरण गरी पुरातात्त्विक सम्पदाको पुरातात्त्विक शैलीमा नै जीर्णोद्वार भएका छन् । सूचना र प्रविधिमैत्री सेवाले कतिपय कामका लागि सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यताको अन्त्य हुँदै गएको छ । अहिले भएका विकास र प्रविधिमैत्री सेवालगायतका सबै काम गणतन्त्रकै उपहार हुन्, स्थानीय सरकारले हासिल गरेका उपलब्धिको सूची गणतन्त्रकै सौन्दर्य हुन् ।

नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशस्थित खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष अरुनादेवी राईले गणतन्त्रपछि भएका दुई वटा स्थानीय तहको निर्वाचनले पछाडि परेका वर्ग र समुदायका नागरिक नीति निर्माण तहमा पुगेको बताउनुभयो । “गणतन्त्र नआएको भए अहिले स्थानीय तहमा भौतिक पूर्वाधार, स्थानीय तहमा नै शासकीय अभ्यास र गाउँका नागरिकको सेवामा पहुँच हुँदैन थियो,” उहाँले भन्नुभयो, “यो सबै गणतन्त्रकै उपलब्धि हो ।”

नेकपा (एमाले) बाट निर्वाचित गण्डकी प्रदेशको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले गणतन्त्रले स्थानीय नागरिकलाई अधिकार प्रदान गरेको र स्थानीय तहले गणतन्त्र सुदृढ व्यवस्थित र स्थायित्वका लागि मलजल गर्ने काम गरेको बताउनुभयो ।

कर्णाली प्रदेश कालीकोटस्थित नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित रासकोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले गणतन्त्रले गाउँघरमा स्थानीय नागरिकले देखिने र भेटिने गरी सरकार पु¥याएकाले स्थानीय तहका नागरिकको आर्थिक र सामाजिक स्तरमा उन्नति भएको बताउनुभयो ।

गणतन्त्र अघि विकास निर्माणका लागि एक लाख रुपियाँ माग्न पनि सिंहदबार धाउनुपर्ने बाध्यताको अन्त्य भई अहिले स्थानीय सरकारले नै पाँचदेखि १० लाख रुपियाँसम्म वडा वडामा विकासका लागि बजेट दिएका छन्, यसको श्रेय गणतन्त्रलाई नै जाने उहाँले स्पष्ट पार्नुभयो । लुम्बिनी प्रदेशको नवलपरासी बर्दघाट सुस्तापश्चिमको सुनवल नगरपालिकामा नेकपा (एमाले) बाट निर्वाचित अध्यक्ष विमला अर्यालले गणतन्त्र आएपछि अहिले स्थानीय तहका नागरिकले सरकार भएको महसुस गरेको बताउनुभयो ।

अहिले गाउँपालिकामा खानेपानीको धारा जडान भएका छन्, घरको छाना नभएका समुदायमा टिनको छाना अभियान सञ्चालन भएका छन्, मोतियाविन्दु भएका ज्येष्ठ नागरिकको निःशुल्क रूपमा शल्यक्रिया गरी नयाँ जीवन दिलाउने काम भएको, महिला विद्यालय स्थापना गरी महिलालाई शिक्षामा पहुँच अभिवृद्धि भएको यो सबै गणतन्त्रकै उपलब्धि भएको उहाँले स्पष्ट पार्नुभयो । सुदूरपश्चिम प्रदेशको शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले गणतन्त्र र सङ्घीय शासन व्यवस्थाले नै स्थानीय सरकार बनाएकाले स्थानीय सरकारले पनि गणतन्त्र र सङ्घीयतालाई सबलीकरण गर्ने काम गरिरहेको बताउनुभयो ।

नागरिकलाई सरकार भएको विश्वास

गणतन्त्र र सङ्घीयताको आधारशिला भनेकै स्थानीय सरकार भएकाले जनप्रतिनिधिले राम्रो काम गर्दा मात्र गणतन्त्र थप बलियो हुने उहाँले जिकिर गर्नुभयो । मधेश प्रदेशको गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल तर्फबाट नगरप्रमुखमा निर्वाचित सन्तलालप्रसाद चौधरीले गणतन्त्रको जगमा स्थानीय सरकार निर्माण भएकाले स्थानीय सरकारले अहिले नागरिकलाई सरकार भएको विश्वास दिलाएको बताउनुभयो । २०६५ सालमा आएको गणतन्त्रले स्थानीय नागरिक जति सन्तुष्ट हुनुपर्ने हो त्यति सन्तुष्ट भने हुन नसकेको भन्दै उहाँले स्थानीय सरकारले प्रदेश र सङ्घीय सरकारभन्दा अब्बल काम गरेर नागरिकलाई सरकारको अनुभूति दिलाएको बताउनुभयो । ७५३ स्थानीय तहमा अहिले ३१ हजार ४१६ जना जनप्रतिनिधि नागरिकको सेवा र विकास निर्माणमा प्रत्यक्ष क्रियाशील छन् ।गोरखापत्रबाट

बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी
आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल
एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • २.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ३.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ४.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • ६.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ७.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ८.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.