बुटवल १४ जेठ ,। बुटवल उपमहानगरपालिको होराइजन चोकमा आमासहित दुई बच्चाको बीभत्स हत्या गरिएको छ । होराइजन चोकस्थित मिलिजुली पथमा बुधबार बिहान आमा र दुई बच्चासहित तीन जनाको बीभत्स हत्या पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिए ।
उनीहरुलाई घरेलु हतियार हथैडा र चक्कु प्रहार गरी हत्या गरेको डिएसपी सुरज कार्कीले जानकारी लिए । कार्कीका अनुसार पाल्पा घर भएकी ३१ वर्षीया दिपा बस्याल र उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्याल हत्या भएको हो । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३० र३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसि केहि वर्ष अघि संविधान दिवसको दिन आम माफि पाएर छुटेको घटना उपस्थित स्थानीयले बताएका छन् । डिभोर्स भएर अर्कैसँग बिवाह गरि गएकी पूर्व श्रीमतिलाई पुर्व श्रीमानले आफ्नै घरमा बोलाई आज बिहान अन्दाजि ४ बजेतिर घटना घटाएको प्रहरीको भनाई छ । उनीहरुबीच करिब ८/१० बर्ष पहिलेनै सम्बन्ध विच्छेद भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यद्यपी घटनाको सम्पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


