• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ५. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

एमआरपी कार्यान्वयनमा कडाइ, ९२ कम्पनीलाई जरिवाना

  •   शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९२ वटा विभिन्न व्यावसायिक फर्म तथा उद्योगलाई एक करोड बयानब्बे हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सबै प्रकारका वस्तु तथा सेवासँग सम्बन्धित व्यावसायिक फर्म तथा उद्योगहरूको स्थलगत अनुगमनका क्रममा उक्त जरिवाना गरिएको बताउनुभएको हो । बजार अनुगमनका क्रममा कुल ७ सय १३ वटा व्यावसायिक फर्म तथा उद्योगहरूको स्थलगत अनुगमन गरिएको र अनुगमनका क्रममा कानुन विपरीत व्यापारिक गतिविधि सञ्चालन गरेको पाइएका ९२ वटा फर्म तथा उद्योगलाई कुल १ करोड ९२ हजार रुपैयाँ जरिवाना गरिएको महानिर्देशक दाहालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाल बजारमा सिमेन्ट र डन्डी, सवारी साधनका पार्ट्स, खाद्य वस्तु, जुत्ता, चप्पल, निर्माण कार्यमा प्रयोग हुने सामग्री, सर्किजल सामान, मार्ट/मिनी मार्ट, रेडिमेट कपडा, बिजुली, इलेकट्रिकल तथा इलेकट्रोनिक सामान, सौन्दर्य प्रदायक सामानहरू लगायतका बजार वस्तुहरूमा अधिकतम खुद्रा विक्री मूल्य राखे विषयका सम्बन्धमा विभिन्न वस्तुगत सङ्घ-संस्था, नेपाल चेम्बर अफ कमर्स, सिमेन्ट र डन्डी उत्पादक, नेपाल राष्ट्रिय व्यवसायी महासङ्घ, नेपाल सर्किजल व्यवसायी महासङ्घ, नेपाल कस्मेटिक व्यवसायी महासङ्घ, बिजुली तथा इलेकट्रिकल व्यवसायी महासङ्घ, मारवाडी सेवा समिति तथा सम्बन्धित व्यवसायी एवं तिनीहरूका उत्पादन सङ्घ लगायत विभिन्न उपभोक्तावादीहरू सँग छलफल र अन्तरक्रिया गरिएकोमा उनीहरूलाई अधिकतम खुद्रा विक्री मूल्य राख्नका लागि आवश्यक सहजीकरण गर्न अनुरोध गरिएको छ । केही व्यवसायी तथा आपूर्तिकर्ता र उद्योगहरूलाई सचेत गर्ने उद्देश्यले जरिवाना गरिनुका साथै केही वस्तुहरूको बिक्रेतालाई वस्तु विक्री वितरणमा समेत रोक लगाइएको छ ।

यसै समयमा सबै प्रकारका वस्तु तथा सेवासँग सम्बन्धित जम्मा ७१३ वटा व्यावसायिक फर्म तथा उद्योगहरूको स्थलगत अनुगमन गरिएकोमा ९२ वटा विभिन्न व्यावसायिक फर्म तथा उद्योगलाई एक करोड बयानब्बे हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै २६ वटा व्यावसायिक फर्म तथा उद्योगहरूलाई सामान्य निर्देशन दिइएको, ३०८ वटा व्यावसायिक फर्म तथा उद्योगलाई व्यवसायसँग सम्बन्धित कागजात माग गरिएको र २७८ वटा व्यावसायिक फर्म तथा उद्योगलाई अन्य निर्देशन दिइएको ब्यहोरासमेत जानकारी गराइन्छ । यस अवधिमा काठमाडौँ उपत्यकाभित्रका २८ वटा संस्थागत विद्यालयहरूको स्थलगत अनुगमन गरी कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएकोमा संवत् २०८२ जेठ १६ गते केही विद्यालयहरूको सम्बन्धमा स्थानीय तहबाट राय-प्रतिक्रियासहितको थप विवरणका विषयमा सम्बन्धित स्थानीय तहमा पत्राचार गरिएको छ भने अन्य विवरणहरू अध्ययनका क्रममा रहेको छन् ।

उल्लिखित ऐनको भावना र मर्म विपरीत अब उप्रान्त कुनै स्वदेशी उत्पादक र पैठारीकर्ताहरूले लेबलमा [उत्पादकको नाम र ठेगाना, दर्ता नम्बर, उत्पादन मिति, उपभोग गरिसक्नु पर्ने मिति, अधिकतम खुद्रा विक्री मूल्य, परिमाण, तौल, गुणस्तर] उल्लिखित विवरण र सो मा हुनुपर्ने विवरणहरू उल्लेख गरी विक्री वितरण गर्नु हुन अनुरोध गरिन्छ ।’

विभागले कतिपय व्यवसायीहरुले एमआरपीबारे अनविज्ञता प्रकट गरेको बताउँदै आफूहरुले वस्तु र सेवा दुवैतर्फ अनुगमन गरेको दाबी गरेको छ ।

शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.